झापा एक्सप्रेस , ३९०९४ पटक हेरिएको

झापा-भद्रपुरको झाडीमा भेटिएको नवजात शिशुको अभिभावकत्व लिन दुई दर्जनभन्दा बढी व्यक्तिहरू इच्छुक देखिएका छन् । डाक्टर, इन्जिनियर , प्राध्यापक , उद्योगी , व्यवसायीलगायत दुई दर्जनभन्दा बढीले ती शिशुलाई धर्मपुत्रको रुपमा ग्रहण गर्ने इच्छा देखाएका हुन् । धेरै जनाले आफूहरूलाई भेटेर , फोन गरेर ती शिशुको अभिभावकत्व लिन चाहेको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताए ।
उनले अभिभावकत्व दिनै पर्ने अवस्था आए, पछि अप्ठ्यारो नपर्ने गरी सबै कानुनी प्रक्रिया पूरा गरेर मात्र शिशुलाई जिम्मा दिने बताए । शिशु लिनका लागि पर्ने निवेदनहरूलाई छानबिन गरी असल अभिभावकलाई मात्र जिम्मा दिइने उनको भनाई छ । सन्तानविहीन व्यक्तिहरूले त्यस शिशुलाई अपनाउन खोजेका छन् । अभिभावकत्व दिनुभन्दा अगाडि भद्रपुर नगरपालिकाले हकदाबीका लागि आह्वान गर्दै सात दिने सूचना निकालेको छ ।
प्रकाशित मिति: २०२३-०९-०२ , समय : ०९:०४:४७ , २ वर्ष अगाडि