उद्योगी व्यावसायीहरु मारमा परे पनि राज्य गम्भिर हुन सकेन-एलपी सावाँ

झापा एक्सप्रेस , ३१४५०  पटक हेरिएको

काठमाडौं– नेकपा एमाले निकट नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवाले उद्योगी व्यावसायीहरु मारमा परे पनि राज्य गम्भिर हुन नसकेको बताउनु भएको छ । साँवाले उत्पादन घट्दा आयात बढेका कारण उद्योग क्षेत्र समस्यामा परेको बताउनुभयो ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले आर्थिक क्षेत्रका विद्यमान समस्या र चुनौती विषयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साँवाले सो कुरा बताउनुभएको हो ।

‘गतवर्षको बजेटले आर्थिक वृद्धिदरलाई ८ प्रतिशतमा कायम राख्ने गरी प्रक्षेपण गरेको थियो तर राजश्व उठ्न नसकेको कारणले त्यो २ प्रतिशतमा सिमित भयो’ अध्यक्ष साँवाले भन्नुभयो ‘गतवर्ष १६ प्रतिशतले राजश्व संकलनमा कमी आयो । त्यो कारणले आज उद्योग व्यावशाय धरासायीतर्फ छ । ’
साँवाले सरकारको रवैयाले नेपालमा रोजगारीको सम्भावना नदेखेर नेपालीहरु विदेशिने क्रम झन धेरै बढेको बताउनुभयो । गतवर्ष मात्र ७ लाख ७१ हजार जना भन्दा बढी युवाहरु विदेशिएको साँवाले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०९-०४ , समय : ०७:२२:१२ , १ वर्ष अगाडि

error: Content is protected !!