झापा एक्सप्रेस , ३०३८० पटक हेरिएको
कनकाई-झापाको कनकाई नगरपालिका–१ र ७ मा रहेको कनकाई विहानी क्लबद्वारा सञ्चालित विहानी महिला समूहले नेपाली दिदिबहिनीहरुको महान पर्व तीजको अवसरमा तीज विशेष सांस्कृतिक कार्यक्रमका साथ सामुहिक दर खुवाएर मनाएको छ।रीतिरिवाज, संस्कृति र परम्परालाई बचाइ राख्न कार्यक्रमको आयोजना गरिएको समूहकी अध्यक्ष इन्दिरा भुजेल (मन्जु) ले जानकारी दिइन् । आज (शनिबार) कनकाई विहानी क्लबको सभाहलमा कार्यक्रम आयोजना गरिएको सचिव शुरेखा कार्कीले जानकारी दिइन् ।
तीज भन्ने बित्तिकै आजकल प्रायजसो नाचगान गरी रमाइलो गर्ने भन्ने मात्रै बुझिन्छ । तर, तीज चेली–माइतिको सम्बन्धलाई अझ प्रगाढ बनाएर चेलीले आफ्नो बेदना पोख्ने माध्यम पनि हुन्छ भन्ने बुझाउने प्रयास स्वरुप कार्यक्रमको आयोजना गरिएको समूहकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक गायत्रा विमली (उप्रेती) ले बताइन् ।
आजको तीज कार्यक्रम सम्पन्न गर्न ५ सदस्यीय उपसमिति समेत गठन गरिएको थियो। जसमा तुलसा थापा, उसा भुजेल (मनु), कृष्णमाया ढकाल र बालिका चौहान उपसमितिको सदस्य रहेका थिए । समूहकी अध्यक्ष इन्दिरा भुजेल (मन्जु) को सभापतित्वमा आयोजित कार्यक्रममा वडा न १ का अध्यक्ष शुशिलकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले पछिल्लो समय चाडपर्वहरु मनाउँदा विदेशी संस्कृति तथा भेषभूषा भित्रिएको भन्दै जतिसक्दो आफ्नै मुलुकमा उत्पादन भएका भेषभूषाको प्रयोग गर्नुका आफ्नै पहिचान झल्कने कला र संस्कृति बचाई राख्न पनि यस्तो कार्यक्रमले थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न कला तथा सस्कृती झल्कने संगिनि, मारुनी, लगायत दर्जनौ गायन तथा नृत्य प्रस्तुत गरिएको थियो । वर्षमा एक दिन मात्रै भएपनि माइतीको सम्झना आमाले पकाएको दरको याद आफ्नो जीवन साथी भने जस्तै पाएपनि माइती घरमा नभएका कारण दुःख पाएको कुरालाई भुल्नकै लागि भएपनि कार्यक्रमको आयोजना गरिएको समुहकी सल्लाकार निर्मला बस्नेतको भनाइ थियो ।
कार्यक्रममा विशिस्ट अतिथि वडा सदस्यीय निर्मला खड्का, कनकाई विहानी क्लबका अध्यक्ष मनोज बस्नेत, जामुनवारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खेमराज सिटौला, कनकाई विहानी क्लबका सल्लाहकार संयोजक अनिरुद्र ओली, सहजीकरण महिला समुहकी अध्यक्ष लीलादेवी प्याकुरेल, टोल न ५ का संयोजक यादवप्रसाद अधिकारी, श्रीसिद्वेस्वर शिव पाँन्चायान मन्दिरका अध्यक्ष बालकृष्ण सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडा सदस्यीय संचिता ल्वागुन, दलबहादुर थापा, जागरण एकल महिला समूहकि अध्यक्ष सकुन्तुला खत्री, सामाजिक व्याक्तित्व पन्डित नारायण प्रसाद पाठक, पन्डित वलराम पौडेल, क्लबका सल्लाहकार होमबहादुर बस्नेत, चुडामणिा ढकाल, लक्ष्मीप्रसाद ओली, श्रीसिद्वेस्वर शिव पाँन्चायान मन्दिर तथा सामुदायिक भवन निर्माण समितिका सचिव लोकनाथ उप्रेती दिव्येश्वर महिला समूहकि अध्यक्ष सुर्यकुमारी जोगि, श्रीसिद्वेस्वर शिव पाँन्चायान कृतनमन्डलिकी अध्यक्ष कृष्णमाया ढकाल, शान्ति महिला समूहकि उपाध्यक्ष कल्पना ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा दिव्येश्वर महिला समूह, शान्ति महिला समूह लगायतले पनि कला र संस्कृती झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।
स्वागत तथा औचित्य माथि प्रकाश कार्यक्रमकी संयोजक गायत्रा विमली (उप्रेती) ले गरेकी थिइन् भने संचालन समुहकी सल्लाकार निर्मला बस्नेत र सदस्य बालिका चौहान थापाले संयुक्त रूपमा गरेका थिए । कार्यक्रम सफल पार्न केही दिन अघिबाट नृत्यमा स्थानीय डान्सर चिरञ्जीवी खनाल र प्राविधिक उज्वल पौडेलले सहजीकरण गरेका थिए । पछिल्लो समय नयाँ नेतृत्वमा चयन भएसँगै समूह सामाजिक कार्यमा समेत सक्रिय रुपमा लागिपरेको पाइएको छ ।
प्रकाशित मिति: २०२३-०९-०९ , समय : १९:०४:५४ , १ वर्ष अगाडि