पाथीभरा सहकारीको १६ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न

झापा एक्सप्रेस , ३४५५२  पटक हेरिएको

शरणामती-झापा गाउँपालिकामा रहेको श्री न्यू पाथिभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ ।संस्थाले शनिबार झापा-६ शरणामती स्थित सिद्देश्वर शिवालय मन्दिरको सभाहलमा १६ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न गरेको हो।

संस्थाका संचालक समिति अध्यक्ष हस्तबहादुर बोहोरा(कुमार) को अध्यक्षता र झापा गाउँपालिका कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिक साधारण सभामा अध्यक्ष बोहोराले प्रगती विवरण प्रस्तुत गरेका थिए।

संस्थाको २०८० साल असार मसान्त सम्मको वित्तिय स्थिति शेयर पुँजी १ करोड ६ लाख ५९ हजार एक सय,जगेडा तथा अन्य कोष १ करोड १६ लाख ७३ हजार १३, बचत हिसाब ५ करोड ७५ लाख ८७ हजार ३ सय ५२, ऋण लिएको हिसाब ४१ लाख २५ हजार र चालू दायित्वहरु १२ लाख ८१ हजार ७८६ गरेर कुल ८ करोड ५३ लाख २६ हजार २५२ रहेको बोहोराले बताउनुभयो।

त्यस्तै शनिवारै भएको छैठौं अधिवेशनले शंकरप्रसाद पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति चयन गरेको छ।नयाँ कार्यसमिति उपाध्यक्षमा महेन्द्र प्रसाईं,सचिवमा भविन्द्र भण्डारी,सह-सचिवमा रुपनारायण बजगाईं,कोषाध्यक्षमा देवीमाया कार्की,सदस्यहरुमा क्रमश सुब्रतचन्द्र राई,हुमादेवी कार्की,यादव पनेरु,तेजप्रसाद श्रेष्ठ,नेस महमद,सीता विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै लेखा समितिमा मनप्रसाद मिश्रको संयोजकत्वमा सदस्यहरु केशब चापागाईं र कृष्णकुमारी कार्की सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक केशब बजगाईंले जानकारी दिनुभयो।

सचिव भविन्द्र भण्डारीले सन्चालन गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष महेन्द्र प्रसाइले गरेका थिए।कार्यक्रममा साना किसान सहकारी शरणामतीका अध्यक्ष भुवन कार्की,केशब बजगाईं,तिलकप्रसाद राजबंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित मिति: २०२३-०९-१० , समय : ०८:३१:१३ , १ वर्ष अगाडि

error: Content is protected !!