नेपाली काँग्रेसका गणेशले गरे गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

झापा एक्सप्रेस , १५५९२  पटक हेरिएको

शरणामती।नेपाली काँग्रेसका झापा गाउँपालिका समितिका सभापती सागिरथप्रसाद गणेशले आसन्न निर्वाचनका लागि झापा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

झापाका नेता गणेशले झापा गाउँपालिकाको समृद्द विकासका लागि आफुँले बिभिन्न एजेण्डासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।आफुँ वि.सं २०४८ साल देखि नेपाली काँग्रेस पार्टीमा अनवरत रुपमा काम गरेको उल्लेख गर्दै गणेशले झापा गाउँपालिकामा अहिले संचालन भइरहेका कार्यक्रमलाई अझै बृहत् बनाएर लैजान समेत आफ्नो उम्मेदवारी रहेको झापा एक्सप्रेसलाई बताए ।”झापा गाउँपालिकाले अहिले मृत्यु संस्कारका लागि दस हजार रकम दिने गरेको छ,त्यस रकमलाई बीस हजार बनाउने मेरो लक्ष्य रहेको छ।११/१२ लाई निशुल्क अध्ययन कार्यक्रम रहेको छ,मेरो लक्ष्य क्याम्पस अध्ययन समेत निशुल्क गराउने रहेको छ उदाहरण दिदै उनले भने”।यस्ता कार्यक्रमलाई बढाउदै लैजाने मेरो एजेन्डा रहेको छ उनले थपे।

झापा-३ कामटोली निवासी गणेश २०४८ सालदेखि नेपाली काँग्रेसका सक्रिय सदस्य हुँदै राजनीतिमा लागेका हुन् ।उनी काँग्रेसको क्षेत्रीय सदस्य हुँदै हाल झापा गाउँ कार्य समितिका सभापती समेत रहेका छन् ।

प्रकाशित मिति: २०२२-०३-३१ , समय : १४:००:१८ , ३ वर्ष अगाडि

error: Content is protected !!