झापा एक्सप्रेस , ४८५६७ पटक हेरिएको
झापा । झापा गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध सहित एक भारतीय पक्राउ परेका छन् ।पक्राउ पर्नेमा किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ वर्षीय असरफुल हक रहेको प्रहरीले जनाएको छ।
आज सोमबार अन्दाजी साँझ ४ बजेको समयमा वडा नं.२ झापा बजार स्थित ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले साईकल यात्री हकलाई शंका लागी चेकजाँच गर्दा भारतबाट लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखीने लिसाइलो पदार्थ ८ ग्राम ५०० मिली ग्राम सहित पक्राउ गरेको प्रहरीले बताएको छ।
पक्राउ परेका हकका बारेमा थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २०२३-०९-११ , समय : २१:१३:४४ , १ वर्ष अगाडि