झापा एक्सप्रेस , १७८४३ पटक हेरिएको
इलाम, सन्दकपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले नेपाली पर्यटनको विकास प्रकृति र संस्कृतिको संयोजनबाट अगाडी बढ्नु पर्ने बताएका छन ।
इलामको सन्दकपुर-३ देउरालीमा प्रेस सेन्टर नेपाल १ नं. प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय मिडिया सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो धारणा राखेका हुन । मन्त्री किरातीले पर्यटनको विकास गर्दा रैथाने खाद्यान्न, जडिबुटी, उत्पादनलाई प्राथमिकता दिइनु पर्नेमा जोड दिए । उनले स्थानीय संस्कार र संस्कृतिलाई पर्यटक सामु प्रदर्शन गर्न सकियो भने पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए । उनले पर्यटन प्रवर्धन गर्दा विदेशी पर्यटनको प्रतिलिपी नभइ स्थानीय मौलिकतालाई अगाडी सार्नु पर्ने बताए ।
मन्त्री किरातीले पत्रकारको काम सरकारको कमजोरी औल्याउने, कोट्याउने र सकारात्मक आलोचनापनि भएको बताए । उनले मिडिया सम्मेलनले सन्दकपुरको प्रचारमा सहयोग पुर्याउने विचार ब्यक्त गरे । उनले पर्यटकीय, जैविकीय मात्र नभइ धार्मिक आस्थाको केन्द्रको रुपमा समेत रहेको सन्दकपुरलाई ब्राण्डिङ गर्नु पर्ने बताए ।
मन्त्री किरातीले टाढाबाट आउने पर्यटकलाई रोङमा एकरात बसाएर सन्दकपुर ल्याउन सकिने धारणा ब्यक्त गर्दै रोङ, सुर्योदय र सन्दकपुरलाई जोडेर पर्यटन प्रवर्धनका लागि बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
सम्बन्धित समाचार
प्रकाशित मिति: २०२३-०९-१७ , समय : ०८:१३:३१ , १ वर्ष अगाडि