बिर्तामोड आई हस्पिटलद्वारा ट्राफिकलाई सचेतना बोर्ड

झापा एक्सप्रेस , ४९५९६  पटक हेरिएको


शरणामती।झापा गाउँपालिका-२ झापा बजारमा शाखा बनाएर सन्चालनमा रहेको बिर्तामोड आई हस्पिटलले ट्राफिक प्रहरीलाई सचेतना बोर्ड हस्तान्तरण गरेको छ।विर्तामोड आई हस्पिटल झापा बजार शाखाले ट्राफिक नियमको पालना गरौं जस्ता शब्द लेखिएका सचेतना मुलक होर्डिङ बोर्ड ट्राफिक प्रहरीलाई सौजन्य गरेको हो।

यस्ता होर्डिङ्ग बोर्ड झापा गाउँपालिकामा झापा बजार,झापा १ लसुना,पन्थापाडा बजार र कामाटोली बजार गरि चार स्थानका लागी सौजन्य गरिएको आई हस्पिटल झापा बजार शाखाका प्रमुख कमल खत्रीले बताउनु भयो।

ट्राफिक हवलदार कल्पना कटुवालले सचेतना मुलक बोर्डमा लेखिएका कुरा सवारी चालकले ध्यान दिए दुर्घटना न्युनिकरण हुनेमा विश्वस्त रहेको बताउनु भयो।

बिर्तामोड आई हस्पिटल झापा बजार शाखाले ट्राफिक प्रहरीलाई झापा गाउँपालिकामा चार स्थानका लागी सचेतना बोर्ड दिएको हो।४० हजार बराबरको होर्डिङ बोर्ड प्रदान गरेको हो।

प्रकाशित मिति: २०२४-०१-२८ , समय : १८:२८:०४ , १२ महिना अगाडि

error: Content is protected !!