नेपाली काँग्रेस-वडाध्यक्षमा ४ जनाको टक्कर,कसले पाउँला टिकट?

झापा एक्सप्रेस , १३४०२  पटक हेरिएको

शरणामती।बैशाख ३० गते हुने आसन्न स्थानीय तहको निर्वाचनमा झापा गाउँपालिका-७ को वडाध्यक्ष पदका लागि झापा-७ बाट चार जना आकांक्षी बनेका छन् ।नेपाली कांग्रेसबाट ४ जनालेनै वडाध्यक्ष पदका लागि आज सुक्रबार आ-आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

एकै पदका लागि उम्मेदवारी घोषणा गर्नेहरुमा बालकृष्ण सिटौला,सखीचन्द्र ठाकुर,नेत्रप्रसाद सिटौला र दुर्गा पाण्डे रहेका छन् ।

वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका बालकृष्ण सिटौला २०४६ साल देखि नेपाली काँग्रेसमा सक्रिय राजनीति गर्दै आएका हुन।उनले नेपाली काँग्रेसको राजनिती नेवि संघ देखि थालेको बताए।पार्टीमा अनवरतरुपमा कृयाशिल राजनिती गरेकाले वडाध्यक्ष पदका लागि अन्तिम सम्म लडिरहने बताउछन।

यता सखिचन्द्र ठाकुर पनि २०४६ साल देखिनै विभिन्न तह र तक्पामा नेपाली काँग्रेसमा सक्रिय राजनीति गरेको हुनाले वडाध्यक्ष पदका लागि आफू सक्षम उम्मेदवार रहेको बताउछन।हाल उनी झापा गाउँपालिका कार्य समितिको उपसभापती समेत हुन।

यता नेत्र सिटौला २०६८ साल देखि नेकामा सक्रिय राजनीति गर्दै आएका छन् ।युवा नेता हुनाले आफू वडाध्यक्षमा उठ्न पाउनु पर्छ भन्दै उम्मेदवारी घोषणा गरेका छन् ।उनी हाल वडा ७ कार्य समितिको सचिव हुन् ।

त्यस्तै दुर्गा पाण्डे २०६९ साल देखि नेकामा सक्रिय राजनीति गर्न थालेका हुन् ।उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै पर्टीको नीति नियमलाई मान्ने बताएका छन् ।उनले आफू सक्षम उम्मेदवार रहेको र आफ्नो उम्मेदवारी पार्टीको हितमा भएको बताउदै पार्टीको नीति नियम मान्दै सबैलाई सहयोग गर्न तत्पर रहेको बताए।

प्रकाशित मिति: २०२२-०४-०१ , समय : १६:५७:१२ , ३ वर्ष अगाडि

error: Content is protected !!