झापा एक्सप्रेस , ५८०८७ पटक हेरिएको
कनकाई
दसैको छुट्टीमा घुम्नका लागि आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुलाई लक्षित गरेर पुर्व क्षेत्रकै सबैभन्दा घुम्न लायक स्थान ह्याप्पी ड्रिम्म चेप्टीलाई बेहुलीजस्तै सिंगारिएको छ ।
वडादसै तथा तिहार छठ जस्ता नेपालीहरुका हरुको मुख्य चाडमा लामो विदा हुने र विदाको सदुपयोग गर्नका लागि घर आएको बेला र समयको सदुपयोग गर्नका लागि घुम्नका लागि जाने नेपाली तथा विदशीहरुका लागि समेत उचित गन्तव्य स्थलका रुपमा रहदै आएको यस ह्याप्पी ड्रिम्स चेप्टीलाई थप व्यवस्थित र बेहुलीकाझैँ सिगारिएको छ ।
झापा र इलामको सिमामा रहेको माई नगरपालिका २ चेप्टीमा रहेको यस पर्यटकिय स्थलमा हाल दैनिक हज्जारौको सङ्ख्यामा आन्तरिक र बाह्य पर्यटकहरु आउने गरेका छन । नेपालीहरुको मुख्य चाडहरु भित्रिएसगै नेपालीहरुमा बढदै गएको घुम्ने सस्कृतिलाई समेत मध्यनजर राखेर चेप्टीलाई थप सिंगारिएको ह्याप्पी ड्रिम्स चेप्टीका संञ्चालक दिनेश शिवाकोटीले बताउँनुभयो । नेपालकै ठुलो पर्यटकिय यस पार्कमा अहिले घुम्नका लागि समेत प्राकृतिक अनुकुल समय भएकोले नेपालका सबै जिल्ला र खासमा भारतको दार्जिलिङ्ग, सिक्किस, भुटान, बंगलादेश र भारतको बंगाल र विहार राज्यबाट हज्जारौको सङ्ख्यामा मानिसहरु घुम्न र मनोरञ्जन लिनका लागि प्रमुख गन्तव्य यस पार्कलाई बनाउने गरेका छन । जसका कारण पनि पार्कलाई थप व्यवस्थित बनाइएको र सिंगारिएको हो । पछिल्लो समय यस क्षेत्रका लागि मात्रै नभएर देश विदेशका मानिसहरुका लागि चाडपर्वमा घुम्नका लागि प्रमुख गन्तव्य चेप्टी बन्ने गरेको छ ।
झापाको बिर्तामोड र कनकाई नगरपालिकाको ७ नम्बर वार्ड दुर्गापुरबाट समेत केहि किलोमिटरको उत्तरी क्षेत्रमा रहेको यस रमणीय पार्क चेप्टीमा विश्वका विभिन्न प्रजातिको बनस्पतिहरु पाइनुका साथै, आर्कर्णक ठुलो झर्ना, डान्सिङ कटेज, पानीजहाज, खानका लागि उचित रेष्ट्रेष्ट, डुंगा शयर, हेलिकप्टर, सेल्फि डाँडा, चोडचडी, विभिन्न प्रकारका पिङ खेल सामाग्री, बच्चाहरुका लागि समेत खेल सामाग्री, आकर्षक गार्डेन लगायातका विभिन्न देशका आकर्षक मुर्तिकलाहरुको अवलोकन गर्न पाइने प्रबन्ध बनाइएको छ । आखाको मनोरञ्जन मात्रै नभएर मनैदेखि रोमाञ्चकता प्रदान हुने यस स्थानमा हाल स्वदेश तथा विदेशबाट समेत दैनिक हज्जारौको सङ्ख्यामा पर्यटकहरु आउने गरेको पाइएको छ । एकपटक हेर्नका लागि आएको जो कोही पनि पर्यटकहरु पटक पटक यस स्थानमा घुम्न आउने गरेका छन भने यस पर्यटकिय स्थललाई संञ्चालकहरुले थप बेहुलीकाझैँ सिगारेर दसै तिहार लगायतका चाडमा मनोरञ्जन लिनका लागि थप व्यवस्थित बनाइएको छ ।
प्रकाशित मिति: २०२३-१०-२२ , समय : १४:४५:०० , १ वर्ष अगाडि