झापा एक्सप्रेस , ६९५४१ पटक हेरिएको
कनकाई-झापाको कनकाई नगरपालिका ५ चप्रामारीमा आयोजित प्रथम मेयर कप जिल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ ।
आज भएको फाईनल खेलमा कनकाई नगरपालिकालाई हराउदै झापा गाउँपालिकाले उक्त उपाधिको रक्षा गरेको हो । यो जित सगै झापा गाउँपालिकाले नगद ५१ हजार रुपैँया प्राप्त गर्दा उपबिजयी बनेको कनकाई नगरपालिकाले भने नगद ३१ हजार रुपैँयामा चित्त बुझायो ।
आज भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट कनकाई नगरपालिकाले २२—२५ ले आफ्नो पक्षमा पारेपनि त्यसपछिका खेलहरुमा भने झापा गाउँपालिकाले लगातार ३ सिट जित्दै खेल आफ्नो पक्षमा पारेको हो । उपाधि रक्षा गर्नेक्रममा झापाले दोस्रो सेट २२—२५ ले जित्दै खेलमा फर्कियो । त्यसपछिको तेस्रो सेट पनि झापा गाउँपालिकाले २०—२५ ले जितेको थियो । त्यसपछिको खेलमा भने झापाले ३७—३९ ले जितेको थियो । अन्तिम सेट ज्यादै प्रतिस्पर्धामा गएको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी भने कनकाई नगरपालिकाकाका अमृत बल्लभ ठकुरी हुनुभयो उहाँले नगद ५ हजार रुपैँया प्राप्त गर्नुभयो ।
यसैगरि फाईनल खेलको म्यान अफ द म्याच झापा गाउँपालिकाका रोमन बस्नेत हुनुभयो उहाँलाई ताल्चा क्याफे सुरुङ्गाले म्यान अफ द म्याच स्पोन्सर गरेको थियो । बेस्ट डिफेन्स झापा गापाका मिलन कार्की, बेस्ट सर्भरमा समेत झापाकै सागरकिरण भट्टराई, बेस्ट स्पीकर झापाकै रोषन शिवाकोटी, बेस्ट ब्लकर कनकाईका अनिस निरौला र बेस्ट सर्टर कनकाई नगरपालिकाका आकाश ठटाल हुनुभयो । उहाँहरु सबै तथा बिजयी तथा उपबिजयीहुने खेलाडीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई नगरपालिकाका प्रवक्ता तथा कनकाई नगरपालिका ५ का वडाध्यक्ष कृष्णबहादुर राई लगायातले शिल्ड तथा नगद प्रदान गर्नुभयो ।
यसैगरि सोही अवशरमा कनकाई नगरपालिकाका अन्तराष्ट्रिय पुर्व खेलाडी भीष्म चुडाल र समाजसेवी पंण्डित मेघराज नेपाललाई समेत सम्मान गरिएको थियो । भने आयोजन चप्रामारी स्पोटिङ्ग क्लवका उदयमान खेलाडी अभिषेक धिमाललाई समेत पुरस्कृत गरिएको आयोजक चप्रामारी स्पोटिङ्ग क्लवका अध्यक्ष सन्तोस गुरुङ्गले बताउँनुभयो ।
प्रतियोगिता कनकाई नगरपालिका ५ चप्रामारीस्थित विद्योदय अंग्रेजी माध्यमिक बिद्यालयको खेल मैदानमा आयोजना गरिएको थियो । जसमा आयोजकको एक टिम सहित झापाका पालिकाहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताको दोस्रो पुरस्कारको प्रायोजन स्थानीय समाजसेवी चन्द्रप्रसाद बस्नेतले आफ्नी दिवंगत श्रीमती नगमायाको नाममा गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२३-११-११ , समय : २१:२१:२० , १ वर्ष अगाडि