लिलाराज झापाली , १२४४५ पटक हेरिएको
सुरुङ्गा।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकाको स्थानीय निर्वाचनमा मेयरमा यस क्षेत्रका युवा दिपक चापागाईंले दावी गर्नुभएको छ ।
चापागाईं पछिल्लो समय युवालाई स्वरोजगार बनाउनका लागि कनकाईमै फ्याक्ट्री खोलेर स्वरोजगार बनाउदै आउनुभएको छ भने देशकै ठुलो मानिने कनकाई, बिर्ता, अर्जुन नविकरणीय उर्जाका समेत प्रबन्ध निर्देशक रहनुभएको छ । चापागाईंले यस अघि कनकाई नगरमा राजेन्द्रकुमार पोखरेललाई निर्वाचन जिताउन समेत प्रमुख भुमिका खेल्नुभएको थियो ।
यस पटक कनकाई नगरबाट राजेन्द्र पोखरेलले पुन उम्मेद्धारी दोहोराउने लगभग पक्का जस्तै देखिएको वेला पोखरेलकै विश्वास पात्रले मेयरमा दावी गरेसँगै कनकाईमा हल्लीखल्ली भएको छ । चापागाई युवा पुस्तामा सम्भावना बोकेका युवामा एक पर्नुहुन्छ । ४० बर्षिय चापागाईं विभिन्न ८ मुलुकमा रोजगारी तथा भ्रमणका शीलशीलामा घुमिसक्नुभएको छ । विदेशको ज्ञानसीपलाई आधार मानेर युवालाई देशमै रोजगारीको श्रृजना गर्नुपर्ने र आफु मेयरमा बिजयी भएमा कनकाईका प्राय सबै युवालाई स्वदेशमै रोजगारीका लागि लागिपर्ने बताउँनुभयो ।
विद्यार्थी कालदेखिनै अखिल राजनितिमा समाहित हुदै आउनुभएका चापागाई हाल पार्टीको कनकाई नगर उपसचिव रहनुभएको छ भने उहाँ पार्टीमा सबैभन्दा वढी खटिने युवा नेतामा पर्नुहुन्छ । कनकाई नगरमा यसअघि राजेन्द्रकुमार पोखरेल र श्याम ओलीले मेयरमा दावी गरिसक्नुभएको छ ।
प्रकाशित मिति: २०२२-०४-०२ , समय : ११:१७:४० , ३ वर्ष अगाडि