झापा एक्सप्रेस , ४३३९२ पटक हेरिएको
झापा- पूर्व-पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका-१३ मा आइतबार राती साढे ११ बजेको समयमा प्रदेश १-०१-०१६ प ७६४९ र प्रदेश १-०३-००१ प २६५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई फुलवासा पुलमा गएर ठोक्किँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परी पूर्वबाट पश्चिम तर्फ आउदै गरेको प्रदेश १-०१-०१६ प ७६४९ नम्बरको मोटरसाइकल चालक इलाम माईजोगमाई-३ घर भई हाल झापा बाह्रदशी-५ बस्ने २३ वर्षीय सुमन पौडेल र सोही मटरसाइकलमा सवार झापा गाउँपालिका- ३ का २० वर्षीय मनिस बास्कोटा र अर्को प्रदेश १-०३-००१ प २६५३ नम्बरको मोटरसाइकल चालक झापा गाउँपालिका- ३ का २० वर्षीय सौरव बास्कोटा लाई उपचारका लागि बीएण्डसी अस्पताल लैजादै गर्दा घाइते मानिस बास्कोटाको बाटैमा मृत्यु भएको थियो ।
यस विषयमा प्रहरीको थप प्रारम्भिक अनुसन्धानबाट चालकको पहिचान भएको प्रहरीले जनाएको छ ।सिसिटिभी फुटेज र घाइते पौडेल र सौरभ बास्कोटाको बयानका आधारमा सुमन पौडेल र सौरभ बास्कोटाले एक-एक मोटरसाइकल चलाएका थिए ।मृतक मानिस बास्कोटा सुमनको मोटरसाइकलमा सवार थिए ।कसले कसलाई ठक्कर दिएर घटना भएको भन्ने कुरा अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।
यता यस विसयमा मृतक बास्कोटाका आफन्तले भने एकै दिशाबाट आइरहेका दुवै मोटरसाइकलमा पौडेल चालक रहेको मोटरसाइकलले सौरभ बास्कोटाको मोटरसाइकलमा ठक्कर दिदाँ सौरभ लडेको र हात र अनुहारमा चोट लागेको बताएका छन् ।ठक्करपछी सुमनको मोटरसाइकलमा सवार मृतक मनिसको पुलको खम्बामा लाग्न गइ मृत्यु भएको र चालक सुमन हेलमेटका कारणले घाइते मात्र भएको उनीहरुको भनाई छ ।
प्रकाशित मिति: २०२३-१२-०४ , समय : १८:४९:५९ , १ वर्ष अगाडि