कारितास नेपालद्वारा अभिमुखीकरण तालीम

झापा एक्सप्रेस , २४३६१  पटक हेरिएको

शरणामती –झापाको झाप़ा गाउँपालिका वडा नम्वर ६ मा सुरक्षित वैदेशिक रोजगार प्रवर्धन तथा मानव बेचविखन विरुद्दको अभिमुखिकरण तालिम सम्पन्न भएको छ । मिसियो जर्मनी तथा झापा गाउँपालिकाको आर्थिक सहयोग तथा कारितास नेपालको आयोजनामा अभिमुखीकरण तालिम सम्पन्न भएको हो ।

शनीबार (आज) जनता माविको सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक फणीन्द्र दाहालले जीवनका चक्र र परिस्थितीमा जीवन जिउन रोजगारी खोज्दै हिड्नु परेको र यसले गर्दा ठग्ने र ठगिनेको जमात बढेको बताउनु भयो ।

समाजमा सुरक्षित वैदेशिक रोजगार प्रवर्धन तथा मानव बेचविखन विरुद्दको चेतनालाई विकास गर्न झापा गाउँपालिकामा कारितास नेपालले यो अभियान थालेको कारितास नेपालका वरिष्ठ सामाजिक परीचालक विवेक सिवाकोटीले बताउनु भयो ।

प्रकाशित मिति: २०२३-१२-०९ , समय : २०:३८:१० , १ वर्ष अगाडि

error: Content is protected !!