शरणामतीमा डेरी खोल्ने होडबाजी

झापा एक्सप्रेस , ११९३२  पटक हेरिएको

शरणामती।पछिल्लो समय झापा गाउँपालिकाको शरणामतीमा दुग्ध संकलन केन्द्र (डेरी) खोल्ने होडबाजीनै चलेको छ ।

गत चैत्र १ गते देखि झापा-६ को चौबाटो चौकमा गोकुल डेरीले आफ्नो दुग्ध संकलन साखा खोले संगै हिजो सुक्रबार शरणामती कनकाई चौकमा केरौन दुग्ध डेरी उद्योगले आफ्नो साखा विधिवतरुपमा उद्घाटन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाको प्रमुख आतिथ्यता र वडा नम्बर ६ का वडाध्यक्ष हरीबहादुर बानीयाँको विशिष्ट आतिथ्यतामा दुग्ध संकलन साखाको उद्घाटन गरिएको हो ।

मोरङको कानेपोखरी गाउँपालिकामा मुख्य संकलन केन्द्र रहेको डेरीले किसानले उत्पादन गरेको दुधको मूल्य अधिकतम दिने दाबी समेत गरेको छ।दुधको फ्याट ७ रुपैयाँ,एस.एन.एफ ३.२० रुपैयाँ र टि.एस २२% दिने शरणामती साखाका व्यवस्थापक अनीस न्यौपानेले बताए।जस्तोसुकै अवस्थामा पनि ३६५ दिननै दुध संकलन गरिने उनले प्रतिवद्वता गरे ।साथै उनले किसानलाई रकम समेत सात दिन देखी पन्ध्र दिन भित्र दिने बताए ।

केरौन डेरीले आफ्नो प्रतिवद्दता पूरा गर्ला कि नगर्ला त्यो बाँकी दिनले नै बताउने छ।

प्रकाशित मिति: २०२२-०४-०२ , समय : १९:१०:१३ , ३ वर्ष अगाडि