झापा एक्सप्रेस , २२६३९ पटक हेरिएको
शरणामती।सनातन हिन्दु राष्ट्र अभियानको झापा गाउँपालिका संयोजकमा अर्जुन भट्टराई निर्वाचित भएका छन् । शुक्रबार झापा-६ स्थित शरणामतीमा भएको पण्डित गुरुहरुको भेलाले भट्टराईलाई निर्विरोध संयोजकमा चयन गरेको हो।
त्यस्तै ११ सदस्यीय नवगठित समितिमा सह-संयोजकमा मदनप्रसाद ढुङ्गेल,सचिवमा कृष्णप्रसाद भट्टराई,सह-सचिवमा गायत्री पराजुली र कोषाध्यक्षमा भुवनाथ पौडेल निर्विरोध निर्वाचित भएका छन् ।त्यस्तै सदस्यहरुमा क्रमश विनोद खतीवडा,भिमप्रसाद सुवेदी,मोहन भट्टराई,चेतनाथ घिमिरे,कुमार पौडेल र नारायण अधिकारी चयन भएका छन् ।
झापा जिल्ला कोषाध्यक्ष खगेन्द्र निरौलाले सन्चालन गरेको औपचारिक कार्यक्रमको जिल्ला अध्यक्ष राम ओझाले अध्यक्षता गरेका थिए।जिल्ला उपाध्यक्ष अग्नीप्रसाद सिग्देलले समिति गठन गर्नुको उदेश्य बारे बताएका थिए।उनले सनातन हिन्दु धर्मको रक्षा गर्नुनै संगठनको मुल उदेश्य भएको बताए।उनले जिल्ला समिती गठन पश्चात झापाका ११ पालिकामा समिति गठन भैसकेको बताए।अन्य ४ पालिकामा समेत समिति गठन हुने जानकारी दिए।
कार्यक्रममा गुरुप्रसाद पौडेल,पुन्यप्रसाद पराजुली,तेजप्रसाद भट्टराई,गोविन्दप्रसाद फुयाँल लगायत झापा गाउँपालिकाका पन्डित तथा गुरुहरुको उपस्थिती रहेको थियो।
प्रकाशित मिति: २०२३-१२-२९ , समय : १८:२९:३२ , १२ महिना अगाडि