झापा एक्सप्रेस , २९९५९ पटक हेरिएको
शरणामती – नेपाल मुस्लिम इत्तेहाद संगठन झापाले संघीय सांसद तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ज्ञापनपत्र बुझाएको छ । संबादयात्रामा रहेका थापालाई संगठनले शनिबार झापामा ज्ञापनपत्र बुझाएको हो ।
संगठनले गगन थापालाई मुस्लिम समुदायमा विभिन्न समस्या रहेको भन्दै ३ बुंदे समस्या राख्दै ती समस्याहरुको सरकारमा उठान गर्न अनुरोध गरेको छ । मुस्लिमको पहिचान मदरसा विद्यालय भएकोले मदरसामा पनि सामुदायीक विद्यालय सरह कर्मचारी शिक्षकको तलब सुनिश्चता साथै राज्यको मुलधारमा समाबेश गरिनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ । त्यस्तै नागरिकताको समस्या समेत रहेकोले नागरिकता सम्बन्धी ऐनमा आमाको र बुबाको मात्र जन्मको आधारमा नागरिकताको व्यवस्था गर्नुपर्ने र विवाहदर्ता ,जन्मदर्तामा नाम फरक फरक परेकोले त्यसको संसोधन गर्न पाउने व्यवस्था गर्न समेत संगठनले ज्ञापनपत्र मार्फत थापालाई सरकार सामु यी कुरा उठाइदिन आग्रह गरेको छ ।
प्रकाशित मिति: २०२४-०१-२८ , समय : ०८:४६:१९ , १२ महिना अगाडि