झापा एक्सप्रेस , ९१५० पटक हेरिएको
शरणामती– झापाको झापा गाउँपालिका वडा नम्बर ४ स्थित मदरसा स्लामियाँ रूहिमारीमा वार्षिक अन्जुमन कार्यक्रम सम्पन्न भएको छ .आइतबार मदरसा विद्यालयको प्रांगणमा सो कार्यक्रम सम्पन्न भएको हो .
मदरसा व्यवास्थापन समितिका अध्यक्ष गुलाबर बिन मियाँको अध्यक्षता र झापा जिल्ला समन्वय समितिका सदस्य जलाल अलिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा समेत प्रस्तुत गरेको थिए .
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जलाल अलिले वार्षिक अन्जुमन कार्यक्रमको प्रसंसा गर्दै यस्तो ठुलो कार्यक्रममा विद्यार्थीका अभिभावकलाई समेत सरिक हुन् आग्रह गरे .
त्यस्तै कार्यक्रममा बोल्दै विशिस्ट अथिती झापा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष मोहमद ताहिरले मुस्लिमहरुले छोरीलाई पढाउदैनन भन्नु गलत रहेको बताए .
शिक्षक आइनुल हकले संचालन गरेको कार्यक्रमको निवर्तमान अध्यक्ष साजेमान सेखले स्वागत गरेका थिए .
कक्षा ८ सम्म संचालित मदरसा स्लामियाँ रूहिमारीमा कुल ३३५ जना विद्यार्थी अध्ययनरत छन् .
प्रकाशित मिति: २०२४-०३-०३ , समय : १७:०५:१५ , १० महिना अगाडि