झापा एक्सप्रेस , २१५४४ पटक हेरिएको
बिर्तामोड, २१ फागुन । सुखानी सन्देश साप्ताहिकको विशेषांक सार्वजनिक गरिएको छ ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले आज बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’का बीच सुखानी सन्देशको विशेषांक सार्वजनिक गर्नुभएको हो ।
advt
सुखानी दिवस अर्थात् फागुन २१ लाई लक्षित गरी तयार पारिएको सुखानी सन्देशमा झापा विद्रोहका विषयमा लेखिएको छ । तत्कालीन झापा विद्रोहको अवस्थालाई समेटेर विशेषांक तयार पारिएको सम्पादक राजु पाठकले जानकारी दिनुभयो । इतिहासलाई साक्षात्कार गराएर जीवन्तता प्रदान गर्ने काम भएको उहाँको भनाइ छ ।
मुहार पृष्ठमा ‘झापा विद्रोह, सपना अधुरै’ लेखिएको विशेषांकमा कम्युनिष्ट नेताहरु सीपी मैनाली, आरके मैनाली, केपी ओली, नरेश खरेल लगायतले तत्कालीन झापा विद्रोहको अवस्थालाई शब्दमा उल्लेख गर्नुभएको छ । त्यस्तै, विशेषांकमा झापा विद्रोहमा होमिएका योद्धाहरुको कथा–व्यथालाई तारिएको छ । अग्रज पत्रकार मोहन काजीको खोजमूलक खेलले विशेषांकलाई अझ पठनीय बनाएको छ ।
कभरहित १५२ पृष्ठको रंगीन विशेषांकको मूल्य रू ३०० रहेको छ ।
प्रकाशित मिति: २०२४-०३-०४ , समय : १९:१८:४८ , १० महिना अगाडि