सतासीको २७ औं वार्षिकोत्सवमा दुईदर्जन बढी सम्मानित , खाद्यान्न सामाग्री पनि सहयोग

झापा एक्सप्रेस , २८१६६  पटक हेरिएको

कनकाई।झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको सतासी बहुद्देश्य सहकारी संस्था लि.को २७ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।

कनकाई–३ सुरुङ्गास्थित संस्थाको डिपार्टमेन्ट स्टोर परिसरमा सामाजिक व्यक्तित्व, उत्कृष्ट सदस्य, कर्मचारी, सेवा केन्द्र गरि करिव दुई दर्जन बढीलाई सम्मान गरिएको छ।त्यस्तै दुई संस्थालाई खाद्यान्न सहयोग लगायतका कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । वार्षिकोत्सव समारोहको उद्घाटन कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले आम नागरिकको जीवनस्तर उकास्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । पछिल्लो समय सहकारी क्षेत्रमा समस्या र विकृत्ति देखिएको भन्दै त्यसको निराकरणमा सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

संस्थाले समाजमा रहेर उत्कृष्ट कार्य गर्ने कलाकर्मी हिम्मत नेम्वाङलाई सम्मान गरेको छ । त्यस्तै, संस्थाले उत्कृष्ट बाल बचतकर्ताहरु प्रसङ्ग लावती लिम्बू, कृति पोर्तेल, चिराग मण्डल, आयुष शाक्य, इच्छा भुजेल, अनमोल कार्की, उत्कृष्ट बचतकर्ता धर्मसिंह तामाङ, कर्णबहादुर कटुवाल, बलभद्र खड्का, सञ्जयकुमार श्रेष्ठ, चन्द्रवती राजवंशी र रमन मियालाई सम्मान गरेको छ ।

यस्तै, उत्कृष्ट ऋण सदस्यतर्फ लक्ष्मी शाह, रामप्यारी शाहु, धरणी राजवंशी, देवेन्द्र चापागाईं, श्यामबहादुर श्रेष्ठ, नरप्रसाद ढकाललाई सम्मान गरेको छ । संस्थाले उत्कृष्ट कर्मचारीका रुपमा हरिमाया तामाङ, पवन खवास, सुष्मा प्रधान र उत्कृष्ट सेवा केन्द्रका रूपमा गरामनी सेवा केन्द्रकी कार्यालय प्रमुख विपना शाहीलाई सम्मान गरेको हो ।

वार्षिकोत्सव समारोहमा संस्थाले पुकार अपाङ्गता समाज र सुस्त मनस्थिति सरोकार समाज नेपाललाई खाद्यान्न सहयोग गरेको छ ।

सहकारी संघ कनकाई नगर समन्वय समितिका अध्यक्ष कुमारमणि पोखरेल, सुस्त मनस्थिति सरोकार समाजका अध्यक्ष भगिरथा चापागाईं पोखरेल, सम्मानि व्यक्तित्व हिम्मत नेम्वाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कार्यक्रममा कनकाई–३ का अध्यक्ष युवराज चौलागाईं, कनकाई सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ख्यामप्रसाद ओली, नेपाल–भारत मैत्री संघका कनकाई अध्यक्ष अर्जुनकुमार बोहोर लगायतको आतिथ्य रहेको छ ।

संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा, स्वागत उपाध्यक्ष सुजता गुरुङले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका प्रबन्धक सन्तोष श्रेष्ठले गर्नुभएको थियो । संस्थाका अध्यक्ष श्रेष्ठले संस्थाको अवस्थाबारे अवगत गराउँदै संस्थाको बासलात ८५ करोड रुपैयाँ भन्दा बढिरहेको बताउनुभयो । सदस्यहरुको साथ र सहयोगबाट संस्था प्रगतिउन्मुख हुँदै गएको उहाँको भनाइ थियो ।

प्रकाशित मिति: २०२४-०३-०४ , समय : २१:४३:१६ , १० महिना अगाडि

error: Content is protected !!