बुद्धशान्तिमा आगलागी, घर जल्दा ३५ लाखको क्षति

झापा एक्सप्रेस , ३३७३४  पटक हेरिएको

झापाको बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडामा शुक्रबार दिउँसो आगलागी भएको छ । आगलागीबाट अन्दाजी ३५ लाख बराबरको क्षति भएको छ ।

बुद्धशान्ति–२ गोपालडाँडाका ६२ वर्षीय शशिधर नेपालको घरमा कुटि काट्ने क्रममा बिद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट काठ र सिमेन्टले बनेको २ तले घर, घरभित्र राखेको नगद ३० हजार , सुन ९ तोला, चाँदी १२ तोला, टिभी १ थान, सखुवाको काठ ३० क्युफिट, विभिन्न फर्निचरको सामान, महत्त्वपूर्ण कागजपत्र, बिद्युत्को मिटर बक्स, कुटि काट्ने मेसिनलगायतका धनमाल जल्दा अन्दाजी ३५ लाख मूल्य बराबरको क्षति भएको छ ।

आगलागीबाट घरमा नै जोडिएको गाई गोठसमेत पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको ७ जनाको प्रहरी टोली, मेचीनगर र बिर्तामोड नगरपालिकाको दुई वटा दमकल र स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-०३-०८ , समय : २०:१८:५९ , १० महिना अगाडि

error: Content is protected !!