झापा एक्सप्रेस , ७७२२ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिका भित्रका प्राविधिक धार अध्ययन गर्ने विद्यार्थीहरुले छात्रवृत्ति स्वरुप नगद १२ हजार रुपैयाँ पाएका छन् ।झापा गाउँपालिका स्थायी ठेगाना भइ प्राविधिक धार अन्तरगतका विषयमा अध्ययन गर्ने कुल ६३ जना विद्यार्थीहरुले जनही १२ हजारका दरले छात्रवृत्ति पाएका हुन् ।
झापा गाउँपालिकाको २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत सो छात्रवृत्ति प्रदान गरिएको हो।मंगलबार एक विशेष कार्यक्रमका बिच कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलिया र वडाध्यक्षहरुले संयुक्तरुपमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका थिए।
कार्हबाहक अध्यक्ष थपलियाले छात्रवृत्ति वितरण गर्दै राम्रो कामलाई सधै निरन्तरता दिने बताइन।
मंगलबार भएको कार्यक्रममा प्राविधिक धार तर्फ अध्ययन गर्ने कुल ६३ निवेदक मध्ये ४८ जना मात्र सहभागी थिए।बाँंकी विद्यार्थीले छात्रवृती लान बाँकी रहेको शिक्षा शाखा प्रमुख जिवनप्रसाद ढकालले बताए।
झापा गाउँपालिकाले प्रत्येक वर्ष प्राविधिक धार तर्फ अध्ययन गर्ने झापा गाउँपालिकाका विद्यार्थीहरुलाई छात्रवृत्ति दिदै आएको छ।मेडिकल,इन्जिनियरीङ,एग्रीकल्चर,ल्याब टेक्निसियन,अमिन,फार्मेसी,नर्सिङ,डक्टर,होटल मेनेजमेंन्ट लगायतका विषय अध्ययन गर्नेले छात्रवृत्ति पाउने ढकालको भनाई छ।
प्रकाशित मिति: २०२४-०३-१९ , समय : २०:३६:२५ , ९ महिना अगाडि