झापा गाउँपालिकामा महिलालाई स्वरोजगार तालिम

झापा एक्सप्रेस , ३०२५७  पटक हेरिएको

झापाको झापा गाउँपालिका महिलाहरूलाई स्वरोजगार तालिम दिन थालिएको छ । १० जना महिलाहरुलाई परालको चप्पल,क्रिस्टल माला र मखमल तथा ढाकाको जुत्ता चप्पल बनाउने तालिम दिन थालिएको हो ।

झापा गाउँपालिका र मिसियो जर्मनीको ५०/५० प्रतिशत आर्थिक सहयोगमा तालिम दिइएको गाउँपालिकाकी कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलियाले बताउनु भयो । तालिम कार्यक्रमको आयोजना कारितास नेपालले “सुरक्षित वैदेशिक रोजगार प्रवर्द्धन तथा मानव बेचबिखन रोकथाम परियोजना” अन्तरगत गरेको हो ।

कुल १० जनाले ४० दिने तालिममा परालको चप्पल,क्रिस्टल माला र मखमल तथा ढाकाको जुत्ता चप्पल बनाउन सिक्ने प्राशिक्षक प्रमिला खनाल निरौलाले बताउनुभयो ।

मखमल र ढाकाको जुत्ती बनाउन सिक्दै गरेका महिलाहरुले तालिम लिएर आत्मनिर्भर हुन सिकाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

झापा गाउँपालिका हरदम आफ्ना नागरिकलाई आत्मनिर्भर बनाउने बाटोमा लागेको वडा नम्बर ६ का वडाध्यक्ष नविनकिशोर थापाले बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०४-०२ , समय : १८:१८:१० , ९ महिना अगाडि