सरुङ्गा जेसिजद्वारा पुराणको आय व्यय सार्वजनिक

झापा एक्सप्रेस , ११५०२  पटक हेरिएको

झापाको कनकाई स्थित सुरुङ्गा जेसीजले पुराणको आय व्यय सार्वजनिक गरेको छ. लागूपदार्थ दुर्व्यसन न्युनिकरणका लागि अक्षयकोष स्थापनार्थ गत मंसिर १० गते देखी १७ गते सम्म अायोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गरेको हो ।

संस्थाको भवनमा शनिवार पत्रकार सम्मेलन गरी संस्थाले पुराणको अाय व्यय सार्वजनिक गरेको हो।पुराणमा दाता हरुबाट पृथ्वी सहकारीमा जम्मा भएको सहयोग रकम १९ लाख ३३ हजार तिनसय पचासी , माछापुछ्रे बैकमा जम्मा भएको सहयोग रकम १२ लाख १४ हजार छ सय उनान्सत्तरी र पुराण स्थलमा नगद सहयोग ३ लाख २४ हजार पाचसय पचास गरी जम्मा ३४ लाख ७२ हजार छ सय ४ आय विवरण साथै उक्त रकमबाट विभिन्न शिर्षकमा १५ लाख ३८ हजार चार रुपैया खर्च भई पृथ्वी सहकारीमा ७ लाख ८२ हजार सातसय उनान्सत्तरी र माछापुच्छ्रे बैकमा ११ लाख ५१ हजार अाठ सय एकतिस गरि १९ लाख ३४ हजार छ सय रुपैयाँ मौजात रहेको जेसिजका पुर्व अध्यक्ष कुमारमणि पोखरेलले बताउनु भयो ।

तेस्तै दातारुवाट सहयोगका लागि वोलिएको १० लाख ६३ हजार एक सय अठ्चालिस रुपैयाँ उठ्न बाँकी रहेको र यो रकम पनि उठ्ने क्रम जारिनै रहेकाले चाडै उठीसक्ने विश्वास रहेको पोखरेलले भनाई छ । यो रकम पनि उठिसक्दा अक्ष्यकोषमा ३० लाख रुपया पुग्नेछ।

जेसिजका बर्ष २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) ले अब चाडैं लागूपदार्थ दुर्व्यसन न्युनिकरणका लागी कार्यक्रम तय गरेर अगाडि बढ्ने बताउनु भयो ।
पत्रकार सम्मेलनमा सुरुङ्गा जेसिजका पुर्व अध्यक्ष शुस्मा न्यौपाने , महासचिव ऋषव सिंह चाहार , कार्यकारिणी उपाध्यक्ष बिवेक शिवाकोटी , कोषाध्यक्ष सपना गिरी , उपाध्यक्ष कमल न्यौपाने , तालिम निर्देशक मेनुका उप्रेती , वातावरण संयोजक रमेश घिमिरे , सञ्चार संयोजक जेनिश चौलागाईं लगायतको उपस्थिती रहेको थियोे ।

प्रकाशित मिति: २०२४-०३-३१ , समय : १९:३८:०४ , ९ महिना अगाडि

error: Content is protected !!