मेची नदीमा एक पुरुष मृत भेटिए

झापा एक्सप्रेस , २२७८५  पटक हेरिएको

बिर्तामोड, चैत १८ । नेपाल-भारत भएर बग्ने मेची नदीमा एक जना मृत भेटिएको छ । भद्रपुर नगरपालिका-३ स्थित बैसाबारीमा अन्दाजी ४० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बैसाबारीको मेची नदीमा निर्माण गरिएको अस्थायी बासको पुलमुनि आइतबार दिउँसो करिब १ बजेको समयमा शव भेटिएको हो । शवको सनाखत भएको छैन । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । बैसाबारीका स्थानीयले मृत भेटिएको व्यक्ति भारतीय नागरिक भएको आशङ्का गरेका छन् ।

प्रकाशित मिति: २०२४-०३-३१ , समय : २०:०८:४३ , १० महिना अगाडि

error: Content is protected !!