सहारा नेपाल बन्यो अपाङ्गता भएका व्याक्तीहरुको साहारा

झापा एक्सप्रेस , १२९१०  पटक हेरिएको

सहारा नेपालले झापाको झापा गाउँपालिकाका सात जना अपाङ्गता भएका व्याक्तीहरुलाई सौचालय जडित कुर्सी वितरण गरेको छ।अपाङ्गमैत्री कुर्सीमा बस्नका साथै सौच गर्न समेत मिल्छ।
झापा ५ का छत्र बहादुर राई, झापा-४ का मोहमद स्माईल,बुधिन सोरेन र सुकुरमुनि सोरेन ,झापा-१ का माइकल हेमरम ,झापा -२ का लक्ष्मण कामती र आसिन कोचलाई अपाङ्गमैत्री कुर्सी वितरण गरिएको हो।उत्थानशिल समाबेशी दिगो पूर्वी नेपाल परियोजना अन्तरगत कुर्सी वितरण गरिएको हो ।
अपाङ्गता भएका व्याक्तीले सौचालय जडित कुर्सी पाउदा परिवारले खुसी व्यक्त गरेका छन् ।
यस्ता कार्यक्रम प्रभावकारी रहेको भन्दै झापा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्णप्रसाद राजबंसीले धन्यबाद दिनुभयो ।
झापा गाउँपालिका,ह्याविट्याट फर ह्युमानिटी नेपाल र साहारा नेपालको त्रीपक्षिय सम्झौतामा धेरै विपन्न आवास बनिदै गरेको सहारा नेपालका सह-सचिव लालबहादुर गिरीले बताउनु भयो ।
झापा गाउँपालिकाको १ लाख २५ हजार,ह्याविट्याट फर ह्युमानिटीको १ लाख २५ हजार र स्थानीयको ३८ हजार २७८ रुपैयाँ श्रमदान गरेर कुल २ लाख ८८ हजार  २७८ रुपैयाँमा आवास,सौचालय र सुविधायुक्त बाथरुम बनाइएको छ।

प्रकाशित मिति: २०२४-०४-०१ , समय : २०:०४:१७ , ९ महिना अगाडि

error: Content is protected !!