झापा एक्सप्रेस , २१४५९ पटक हेरिएको
शरणामती -झापाको झापा गाउँपालिका वडा नम्बर ६ को अमरपथ देखी स्वास्थ्य चौकी हुँदै चन्द्रबस्ती सम्म जाने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ ।शरणामती बजारमा एक कार्यक्रमकाबीच झापा गाउँपालिकाका कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलियाले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु गरिएको हो ।
शिलान्यास कार्यक्रममा बोल्दै कार्हबाहक अध्यक्ष थपलियाले पालिकाको दुर्गम क्षेत्र भनेर चिनिने गाउँलाई अब सुगम बनाउँन यो सडक कोसेढुंगा सावित हुने दाबी गर्नुभयो । सडक निर्माण गुणस्तीय भए नभएको खबरदारी गर्न समेत उहाँले आग्रह गर्नुभयो .
गौरबको योजना अन्तर्गत अघिल्लो बर्स देखी थालिएको कालोपत्रे यो वर्ष ७२९ मिटर गर्न लागिएको वडाध्यक्ष नविनकिशोर थापाले बताउनु भयो .
हिलाम्मे भएर जहिले दुख हुने सडक कालोपत्रे हुन् लागेपछी खुसी भएको स्थानीय विश्वनाथसिङ राजबंशीले बताउनु उभायो .
७२९ मिटर लामो सो सडक भ्याट सहित ५६ लाख ४४ हजार रुपैयाँ खर्च गरेर कालोपत्रे गर्न लागिएको हो । १ बर्स अर्थात आर्थिक वर्ष २०८२ साल बैसाख ५ गते काम सक्ने गरी छाया भरत कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालीले कालोपत्रेको जिम्मा लिएको छ ।
तोकिएको समय अगावै सक्ने गरी काम गर्ने निर्माण कम्पनीका प्रबन्ध निर्देशक हरी भट्टराई बताउँनुहुन्छ ।
प्रकाशित मिति: २०२४-०४-२१ , समय : २०:२३:०८ , ९ महिना अगाडि