झापा एक्सप्रेस , २०६७२ पटक हेरिएको
झापाको बाह्रदसीमा सामुदायिक विद्यालय अध्ययन गर्ने कक्षा ११ र १२ का मुस्लिम छात्रा लाई साईकल वितरण गरिएको छ। झापाको बाह्रदशी गाउँपालिका भित्र सामुदायक विद्यालय अध्ययन गर्दै आएका करिब ५० जनालाई साईकल प्रदान गरिएको हो। नेपाल मुस्लिम समाज विकास समिति बाह्रदशीको आयोजना र बाह्रदशी गाउँपालिकाको आर्थिक सहयोगमा साईकल वितरण गरिएको हो।
विद्यालय जान आउन असहज भएकै कारण धेरैले पढाइ बिचैमा छोड्ने गरेको कारण फुलबारी मावि, जनविकास मावि र पशुपति माविमा अध्ययनरत छात्राहरूलाई विद्यालय आवतजावत गर्न सहज होस् भनेर साइकल प्रदान गरिएको बाह्रदशी मुस्लिम समाज विकास समितिका अध्यक्ष चान महम्वद हुसेनले बताउनु भयो।
मदरसा दारूल उलुम बाह्रदशीको प्रङ्गणमा सम्पन्न कार्यक्रममा नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान संगै आपसमा टोपी साटासाट गरेर ईद मिलन कार्यक्रम समेत गरिएको छ ।
बाह्रदशी मुस्लिम समाज विकास समितिका अध्यक्ष चान महम्वद हुसेनको अध्यक्षता र झापा ३ प्रदेश सभा ‘ख’ का सांसद छबिलाल चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाई, उपाध्यक्ष शान्ता खरेल, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, शस्त्र प्रहरीका डिएसपी प्रवास गौतम, वडाध्यक्षहरू, कार्यपालिका सदर्यहरू, सुरक्षाकर्मी, स्थानीय बुद्धिजीवी, विध्यार्थी र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२४-०४-२२ , समय : २१:३३:२५ , ९ महिना अगाडि