झापा एक्सप्रेस , ११९५९ पटक हेरिएको
शरणामती। झापाको झापा गाउँपालिकामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा नेकपा एमालेले चार वटा वडा जितेको थियो।त्यस्तै नेपाली कांग्रेसले दुई वटा वडा जितेको थियो भने स्वतन्त्र उम्मेदवारले एउटा वडा जितेका थिए।
सात वटा वडा रहेको झापा गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका नेत्रबहादुर खड्का,राजुजंग भारती,नेत्रप्रसाद उप्रेती र हरीबहादुर बानीयाँ क्रमस २,४,७,६ मा निर्वाचित भएका थिए।त्यस्तै नेपाली कांग्रेसका राजकुमार यादव र मोतीलाल गणेश १ र ३ मा विजयी बनेका थिए।यता वडा नम्बर ५ मा भने स्वतन्त्र उम्मेदवार दिनेश राजबंसी विजयी बनेका थिए।
वडा नं १ मा नेपाली कांग्रेसका राजकुमार यादवले ५९३ मत ल्याएर वडाध्यक्ष पदमा विजयी हुँदा वडाध्यक्षका प्रत्यासी उम्मेदवारहरु नेकपा एमालेका माधव प्रसाद पोखरेलले ३७२ मत,माओवादी केन्द्रका जालिम मियाँले २९५ मत,मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का नारायण यादवले १६१ मत र राप्रपाका कृष्ण प्रसाद राजबंसीले २२ मत प्राप्त गरेका थिए ।
वडा नं २ मा नेकपा एमालेका नेत्रबहादुर खड्काले ७२३ मत ल्याएर वडाध्यक्ष पदमा विजयी हुँदा वडाध्यक्षका प्रत्यासी उम्मेदवारहरु नेपाली कांग्रेसका मोहन प्रसाद मैनालीले ६४६ मत,माओवादी केन्द्रका तेजनारायण राजबंसीले ३९६ मत,राप्रपाका कोकिल प्रसाद राजबंसीले १४ मत र स्वतन्त्रका रामदेव राजबंसीले ३८ मत प्राप्त गरेका थिए ।
वडा नं ३ मा नेपाली कांग्रेसका मोतीलाल गणेशले ६९१ मत ल्याएर वडाध्यक्ष पदमा विजयी हुँदा वडाध्यक्षका प्रत्यासी उम्मेदवारहरु नेकपा एमालेका बालुराम खरेलले ३४४ मत,माओवादी केन्द्रका देवीप्रसाद अधिकारीले ५६१ मत,संघीय सामाजवादी फोरम नेपाल का नगेन्द्रप्रसाद राजबंसीले ११३ मत र राप्रपाका जितेन्द्रकुमार राई बाम्बुलेले २२१ मत प्राप्त गरेका थिए।
वडा नं ४ मा नेकपा एमालेका राजुजंग भारतीले ६५८ मत ल्याएर वडाध्यक्ष पदमा विजयी हुँदा वडाध्यक्षका प्रत्यासी उम्मेदवारहरु नेपाली कांग्रेसका आफजाल होसेनले ३२५ मत,संघीय समाजबादी फोरम नेपालका महमद ताहीरले ३८१ मत,राप्रपाका मानबहादुर कटुवालले ३० मत,मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रीकका रामेश्वर प्रसाद गणेशले ८० मत र स्वतन्त्रका आजाद अलीले १६ मत प्राप्त गरेका थिए।
वडा नं ५ मा स्वतन्त्रबाट दिनेशप्रसाद राजबंसीले ४१७ मत ल्याएर वडाध्यक्ष पदमा विजयी हुँदा वडाध्यक्षका प्रत्यासी उम्मेदवारहरु नेपाली कांग्रेसका अवेदुल मियाँले ३०६ मत,राप्रपाका दिनेशकुमार मण्डलले २१ मत,नेकपा एमालेका महेन्द्र प्रसाद राजबंसीले ३७८ मत ,नेकपा माओवादी केन्द्रका झकुलाल केवरतले १०१ मत ,स्वतन्त्रका मुस्तफा हकले ३ मत र सफिकुल सेखले २५२ मत प्राप्त गरेका थिए।
वडा नं ६ मा नेकपा एमालेका हरीबहादुर बनीयाँले ९०७ मत ल्याएर वडाध्यक्ष पदमा विजयी हुँदा वडाध्यक्षका प्रत्यासी उम्मेदवारहरु नेपाली कांग्रेसका तुलसीराम प्याकुरेलले ५२६ मत,माओबादी केन्द्रका योगराज मैनालीले २०८ मत र राप्रपाका भविन्द्र भण्डारीले ५४८ मत प्राप्त गरेका थिए।
वडा नं ७ मा नेकपा एमालेका नेत्रप्रसाद उप्रेतीले ५७५ मत ल्याएर वडाध्यक्ष पदमा विजयी हुँदा वडाध्यक्षका प्रत्यासी उम्मेदवारहरु नेपाली कांग्रेसका धनपती थपलियाले ३३४ मत,माओबादी केन्द्रका दिलिप कुमार दासले ५०७ मत,राप्रपाका गोविन्द खड्काले १७५ मत,मधेसी जनअधिकार फोरम लोकतान्त्रीकका धना किस्कुले ७६ मत,स्वतन्त्रका मनोहरी उप्रेतीले २२ मत र स्वतन्त्रकै अर्का उम्मेदवार सुर्य बहादुर भट्टराइले ११ मत प्राप्त गरेका थिए ।
प्रकाशित मिति: २०२२-०४-०७ , समय : ११:४५:०१ , ३ वर्ष अगाडि