नेपाली कांग्रेसका प्याकुरेल गाउँपालिका अध्यक्ष पदका आकांक्षी

झापा एक्सप्रेस , १२०३३  पटक हेरिएको

शरणामती।बैशाख ३० गते हुने भनिएको आसन्न स्थानीय तह निर्वाचनका लागि झापा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता तुलसीराम प्याकुरेल(सुमन)ले आकांक्षा देखाएका छन् ।नेपाली कांग्रेसकै झापा गाउँपालिका सभापती सागिरथप्रसाद गणेशले अध्यक्ष पदका लागि दाबी गरिरहेकै बेला पार्टीका उपशभापती समेत रहेका प्याकुरेलले आफुँलाई अध्यक्ष पदका लागि अघि सारेका हुन् ।

प्याकुरेल २०४८ साल देखी विद्यार्थी जीवन देखि नै नेपाली कांग्रेसमा सक्रिय राजनिती गर्दै आइरहेका छन् ।उनी बन उपभोक्ता महासंघ झापा गाउँपालिकाका अध्यक्ष,जनता माविका पुर्व व्यवस्थापन समितिका अध्यक्ष,रेडक्रस उपशाखा शरणामतीका सचिव लगायत विभिन्न संघ संस्थामा समेत आवद्ध रही काम गर्दै आइरहेका छन् ।

गाउँपालिका अध्यक्ष पदमा आकांक्षा देखाएका प्याकुरेलले झापा एक्सप्रेस सँगको कुराकानीमा आफुँलाई अध्यक्ष पदको आकांक्षी बताउदै समृद्द गाउँपालिका बनाउन आफ्नो एजेन्डा रहेको बताए।उनले अहिले गाउँपालिकामा चल्दै गरेको कार्यक्रमलाई बढाएर लैजाने र गाउँपालिकामा अधिकतम रोजगारको सृजना गर्ने बताए।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा गाउँपालिकाको निर्वाचित अध्यक्ष नेपाली काँग्रेसकै जयनारायण साह हुन् ।उनले पुन: अध्यक्ष पदमा आकांक्षा राख्लान नराख्लान भन्ने विषय बाहिर नआइरहेका बेला सागिरथप्रसाद गणेश र प्याकुरेकले अध्यक्ष पदमा आकांक्षा राख्नुलाई राजनीति वृतमा सोचनिय विषय बनेको छ।यता फेरि गठबन्धनको तालमेल होला नहोला भन्ने बिषय पनि अन्यौलमै रहेको छ।

प्रकाशित मिति: २०२२-०४-०७ , समय : १७:०४:१३ , ३ वर्ष अगाडि

error: Content is protected !!