झापामा सबैभन्दा कम बेरुजु झापा गाउँपालिकामा

झापा एक्सप्रेस , ६८४४६  पटक हेरिएको

झापा । झापाका पालिकाहरु मध्ये सबैभन्दा कम बेरुजु झापा गाउँपालिकाको रहेको पाइएको छ।आर्थिक वर्ष ०७९/८० को महालेखा परिक्षण प्रतिवेदन अनुसार झापा गाउँपालिकाको सबै भन्दा कम बेरुजु पाइएको हो।त्यस्तै बिर्तामोडको सबै भन्दा बढी बेरुजु भएको पाइएको छ ।

आइतबार महालेखा परीक्षकको कार्यालयले ६१औँ बार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेको छ । महालेखापरीक्षक तोयम रायाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार बिर्तामोड नगरपालिकामा सबैभन्दा बढी ४.५४ प्रतिशत बेरुजु रहेको पाइएको छ । मेचीनगर नगरपालिका बाहेक अन्य १४ पालिकाको सार्वजनिक प्रतिवेदनमा कनकाई नगरपालिका र अर्जुनधारा नगरपालिका बढी बेरुजु भएको दोस्रो र तेस्रो पालिकाको सुचिमा रहेको छ । कनकाईको ३.९१ र अर्जुनधाराको ३.५५ प्रतिशत बेरुजु रहेको छ ।

सबैभन्दा कम झापा गाउँपालिकामा ०.५७ प्रतिशत बेरुजु रहेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

महालेखापरीक्षकको कार्यालयले ७५३ मध्ये ७४८ पालिकाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: २०२४-०५-२७ , समय : १२:४२:५९ , ७ महिना अगाडि

error: Content is protected !!