झापा एक्सप्रेस , १०४४८७ पटक हेरिएको
शरणमती।रोटरी क्लब अफ सुरुङ्गाले झापाको झापा गाउँपालिकाका विद्यार्थीहरु र युवाहरुलाई खेलकुद सामग्री वितरण गरेको छ।क्लबले मंगलबार झापा -७ स्थित सगरमाथा युथ क्लबका युवाहरु र जनकल्याण माविका विद्यार्थीहरुलाई खेलकुद सामग्री प्रदान गरेको हो।
रोटरी क्लबका अध्यक्ष शिव कडेलको अध्यक्षता र वडाध्यक्ष सखीचन्द्र ठाकुरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सगरमाथा युथ क्लबलाई क्रीकेटको सामग्री र विद्यार्थीहरुलाई भलिवल,व्याडमिन्टन प्रदान गरिएको थियो।
क्रीकेट खेल्ने सामग्री पाएर आफुहरुलाई हौसला मिलेको सगरमाथा युथ क्लवका सदस्य साजन खानले बताउनुभयो।
कार्यक्रममा प्रमुख अतिथी ठाकुरले खेलकुद सामग्री प्रदान गरेकोमा रोटरी क्लबलाई धन्यवाद दिनुभयो।
नेपाली क्रीकेट विश्वको पहिचानका रुपमा स्थापित भएकोले यसको संरक्षणमा लाग्न रोटरी क्लबले सानो भए पनि सहयोग गरेको क्लबका अध्यक्ष शिव कडेलले बताउनु भयो।
क्लबकी सचिव बिनिता मैनालीले संचालन गरेको कार्यक्रमको स्वागत जनकल्याण माविका प्रधानाध्यापक पदम अधिकारीले गर्नुभएको थियो।कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गाका पुर्व अध्यक्षहरु कुमार पोखरेल,टिकाप्रसाद कट्टेल ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज श्रेष्ठ,झापा गाउँपालिका उद्योग वाणीज्य संघका उप सभापती छत्र पाण्डे,समाजसेवी डिल्ली चुडाल लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२४-०६-०४ , समय : २१:२३:१० , ६ महिना अगाडि