झापा एक्सप्रेस , ३८१४१ पटक हेरिएको
शरणामती – झापाको झापा गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागी ४९ करोड ४३ लाख ५ हजार रूपैयाँको कुल बजेट सर्वसम्मत पारित गरेको छ l
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कार्हबाहक अध्यक्ष अन्जुदेबी थपलियाले गाउँपालिकाले प्रत्येक वर्ष मृत्यु संस्कारमा दिदै आएको सहायता रकम आगामी आर्थिक वर्षका लागि बढाएर प्रतिपरिवार २० हजार बनाएको बताइन l यसका लागी कुल ५० लाख रुपैयाँ विनियोजन गरिएको उनले बताइन । गाउँपालिकाले चालु आर्थिक वर्षमा मृत्यु सहायता रकम प्रतिपरिवार १७ हजार दिदै आएको थियो l
यता आगामी आर्थिक वर्ष देखि सिंचाईका लागी कृषकहरुले ८०% विद्युत महशुल नि:शुल्क पाउने भएका छन् lकार्हबाहक अध्यक्ष थपलियाले १६ औं गाउँसभामा बजेट प्रस्तुत गर्दै कृषकलाई सिंचाई कार्यको लागी विद्युत महशुलमा ८०% अनुदान प्रदान गर्नका निमित्त २० लाख विनियोजन गरिएको बताइन lचालू आर्थिक वर्षमा यहाँका किसानलाई सिचाईं मोटर महशुलमा गाँउपालिकाले ६०% शुल्क तिर्दै आएको छ।
प्रकाशित मिति: २०२४-०६-२५ , समय : १५:५५:०६ , ६ महिना अगाडि