झापा एक्सप्रेस , ९६३७४ पटक हेरिएको
झापा एक्सप्रेस,असार १२।झापाको कचनकवल गाउँपालिकामा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ।कचनकवल-३ कि मनिषा राजबंशीको मृत्यु भएको हो।
हिजो बेलुका अन्दाजी १७:३० बजे कचनकवल गाउँपलिका वडा नं.३ ठुलो केचना वस्ने हरी प्रसाद राजवंशीको छोरी १२ वर्षीया मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठा भित्र टेबल निकाल्ने क्रममा बिषालु सर्पले टोकि बिरामी भई उपचार को लागि विएण्डसि अस्पताल विर्तामोड लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।
सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०६-२६ , समय : ०८:१९:१५ , ६ महिना अगाडि