झापा एक्सप्रेस , १०८८०३ पटक हेरिएको
झापा एक्सप्रेस,असार १२।झापामा चट्याङ लागेर एकैदिन ३ जनाको मृत्यु भएको छ।
झापाको झापा गाउँपालिका–४ लोसाकी बस्ने ५२ वर्षीय मन्जुर आलमको मृत्यु भएको हो। मंगलबार बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका उनको चट्याङ लागेर मृत्यु भएको थियो।
यस्तै मंगलबार नै बिहान ८ः४५ बजेको समयमा झापा गौरीगञ्ज गाउँपालिका ३ ठेकीटोलामा स्थानीय गौरादह नगरपालिका ८ बस्ने वर्ष ४२ का लीला भन्ने विकास गिरी खेतमा बिउँ उखेल्ने क्रममा चट्याङले हानेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मंगलबार बिहान कमल गाउँपालिका २ समइगढमा खेतमा ट्याक्टरले जोत्नेक्रममा खेतमा उभिइरहेको अवस्थामा चट्याङ लागेर स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रकाशित मिति: २०२४-०६-२६ , समय : ०९:२१:१९ , ६ महिना अगाडि