झापा गाउँपालिकामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

झापा एक्सप्रेस , ३८७१८  पटक हेरिएको

झापाको झापा गाउँपालिकामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार शनिबार झापा- १ सालमारा बस्ने चिकु मियाका १० वर्षीय छोरा मोहमद दिलसाद मिया घरबाट बिहान ११:०० बजे खेल्न हिडेकोमा घर देखि ५०० मिटर पुर्व पट्टी रहेको नजिर मियाको खाली जमिनको खाल्डोमा जमेको पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए।

सोही ठाउँ बस्ने लमिजो मियाले बेलुका ३ बजे देखि निजको आफन्तलाई जानकारी गराई शव घरमा ल्याई राखेको भनि जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी टोली खटि अनुसन्धान थालेको थियो।

सोही विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२४-०७-२८ , समय : ०८:१४:०८ , ५ महिना अगाडि

error: Content is protected !!