राइपनीङ चेम्बरले काम नगर्दा लाखौको क्षती

झापा एक्सप्रेस , ३१४२०  पटक हेरिएको

झापा,साउन २३ । झापाको झापा गाउँपालिका-३ स्थित साधना संस्कृति नमुना कृषि प्रालीको राइपनीङ चेम्बरले काम नगर्दा यहाँ उत्पादित लाखौंको केरामा क्षती पुगेको छ।चेम्बरमा पकाउन हालिएका एक हजार चार सय सैतीस घरी केरामा क्षती पुग्दा करिब नौ लाख चौतीस हजार पचास रुपैयाँ बराबरको क्षती भएको हो।

चेम्बरमा विद्युतिय समस्या भएर चेम्बर बन्द हुँदै चल्दै गर्दा केरामा क्षती पुगेको हुन सक्ने साधना संस्कृति नमुना प्रालिकी अध्यक्ष लक्ष्मी तिमसिनाले बताइन।उनका अनुसार केराको काचो तथा पाकेको घरीमा क्षती पुगेर कामै नलाग्ने भएको छ।’करिब २५ लाख खर्चेर राइपनिङ चेम्बर बनाइयो,तर अहिले नौ लाख बढीको क्षती हुँदा समस्यामा परियो ‘ तिमसिनाले भनिन् ।

यस कम्पनीले बिगत लामो समय देखि झापा गाउँपालिकामा केरा खेती गर्दै आएको छ।करीब ३० बिगाहमा फैलिएको केरा खेतीमा यहाँ उत्पादित केरा भाटभटेनीका कोशी प्रदेश शाखाहरु,बिर्तामोड,दमक,सुरुङ्गा लगायत क्षेत्रहरुमा बिक्री हुँदै आइरहेको छ ।

प्रकाशित मिति: २०२४-०८-०७ , समय : ०७:२१:४८ , ५ महिना अगाडि

error: Content is protected !!