झापा एक्सप्रेस , ३५५३८ पटक हेरिएको
सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकारले प्रतिबन्ध खोल्ने तयारी गरेको हो ।
१० महिनाअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । २०८० कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले निर्णय गरेर टिकटक बन्द गरेको थियो ।
सामाजिक सद्भाव खल्बल्याउन प्रेरित गरेको भन्दै प्रचण्ड सरकारले टिकटक बन्द गरेको टिकटक केपी शर्मा ओली नेतृत्वको सरकारले खुलाउने तयारी गरेको हो ।
नेपालमा टिकटकमाथि प्रतिबन्ध भएपछि चिनियाँ पक्षले लिखित पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएर प्रतिबन्ध हटाउन माग गरेको थियो ।
टिकटकले पटकपटक आफूहरू नेपालमा दर्ता भएर सञ्चालनमा आउन तयार रहेको र नेपालको कानुन मान्न तयार रहेको बताएपछि टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
तीन महिनाभित्र सूचीकरण गरिसक्नुपर्ने शर्त राखेर प्रतिबन्ध फुकाउने तयारी भएको हो ।
प्रकाशित मिति: २०२४-०८-२० , समय : १९:३२:२३ , ४ महिना अगाडि