वीपी जयन्ती : झापामा कहाँ कसरी मनाइयो

झापा एक्सप्रेस , ४६१७  पटक हेरिएको

नेपाली कांग्रेसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्ती झापामा विविध कार्यक्रमका साथ मनाइएको छ ।

नेपाली कांग्रेस गाउँ÷नगर समितिको आयोजनामा पालिका तहमा विपी जयन्ती मनाइएको छ । साहित्य गोष्ठी, विचार गोष्ठी, बृक्षरोपण, अग्रज ब्यक्तित्व एवम् जेष्ठ नागरिक सम्मान, एवं सामाजिक सेवामूलक कार्यक्रम गरी विपी जयन्ती मनाइएको हो ।

कांग्रेस झापा गाउँ समितिले वडा नं–३ स्थित सिमलवाडी आधारभुत विद्यालयको परिसरमा चारसय बढी विभिन्न जातका विरुवा रोपेको छ । गाउँ सभापति सागिरथ गणेशको सभापतित्व र ४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँ पालिका कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलिया,कांग्रेस नेता शिव कडेल, टंक विश्वकर्मा, ठमनाथ नेपाल लगायतले मन्तब्य राख्नुभयो । कार्यक्रममा रामनाथ गणेशले स्वागत र कुमार गणेशले सञ्चालन गर्नुभएको थियो ।

त्यस्तै नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा झापाको भद्रपुर–१० स्थित वीपीको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ ।सोही अवसरमा कनकार्इ नगरपालिका–५ मा रहेको वीपीको शालिकमा माल्यार्पण एवम् विचार गोष्ठी भएको छ ।नेपाली कांग्रेस बिर्तामोड नगर समितिको आयोजनामा विचार गोष्ठी सम्पन्न भएको छ ।यसैगरी नेपाली कांग्रेस अर्जुनधारा नगर समितिको आयोजनामा पार्टीको नगर कार्यालय प्राङ्गणमा बृक्षरोपण एवं विचार गोष्ठी कात्र्यक्रम सम्पन्न भएको छ ।वी।पी। जयन्तीकै अवसर पारेर नेपाली कांग्रेस बुद्धशान्ति गाउँ समिति र नेपाल विद्यार्थी संघ बुद्धशान्ति इकाई समितिको संयुक्त आयोजनामा साहित्य गोष्ठी सम्पन्न भएको छ ।यसैगरी शिवसतासी नगर समितिले नगरको १० नम्बर वडामा रहेको लक्ष्मीनारायण मन्दिर माइधारमा अध्ययनरत बटुक एवं संरक्षित बृद्धबृद्धा गरी ६० बढीलाई एकछाकको भोजन गराउनुका साथै एवं फलफुल वितरण गरेको छ ।

यसैगरी वि।पी। जयन्तीकै अवसर पारेर नेपाली कांग्रेस मेचीनगर समितिले विचार गोष्ठी सम्पन्न गरेको छ ।गौरीगञ्जमा जेष्ठ नागरिक सम्मान एवम् विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।दमकमा नगर पार्टी कार्यालय सरसफाई, झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँपालिकाले विचार गोष्ठी एवं स्थानीय खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन लक्षित कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित मिति: २०२४-०९-०९ , समय : १९:२०:०९ , ४ महिना अगाडि

error: Content is protected !!