झापा एक्सप्रेस , ७२४१ पटक हेरिएको
झापा-किराँत राई यायोक्खा झापा गाउँपालिकाले साकेला उभौली पर्वको आयव्यय सार्वजनिक गरेको छ।गत जेठ २५ गते रानी सामुदायिक बनमा रहेको साकेला थानमा मनाइएको साकेला उभौली पर्वको आयव्यय सार्वजनिक गरिएको हो।
समितिका अध्यक्ष कुमार राईको अध्यक्षतामा भएको आयव्यय सार्वजनिक कार्यक्रममा समितिका सचिव सुब्रतचन्द्र राईले आयव्यय सार्वजनिक गर्नुभएको थियो।
साकेला उभौली पर्वमा समितिले आम्दानी तर्फ २ लाख ६९ हजार ३३५ रुपैयाँ रहेको सचिव राईले बताउनुभयो।त्यस्तै खर्च १ लाख ३० हजार ३३५ रुपैयाँ भएको छ।खर्च कटाएर कुल १ लाख ३९ हजार समितिमा बचत रहेको राईले जानकारी दिनुभयो।
समितिका अध्यक्ष कुमार राईले आफ्नो संस्कृतिलाई जोगाईराख्न देश तथा विदेशबाट आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो।
सहयोगीहरुको विवरण यसप्रकार रहेको छ।
प्रकाशित मिति: २०२४-०९-१० , समय : १८:०६:०३ , ३ महिना अगाडि