झापा गाउँपालिकामा मदरसा बोर्ड गठन

झापा एक्सप्रेस , ५७९५  पटक हेरिएको

झापा – झापा गाँउपालिकाले यहाँ बसोबास गर्दै आएका मुस्लिम समुदायका बाल बालिकाहरुलाई इस्लामी शिक्षा सहित राष्ट्रिय शिक्षाको माध्यम बाट पठन पाठन गर्ने उद्देश्यले संचालन भई रहेका मदरसा लाई ब्यबस्थित गर्ने कार्य अगाडि बढ़ाएको छ ।

झापा गाँउपालिकाले शिक्षा ऐन २०८० (२०२३)को परिच्छेद ६ को दफा ३३ को उप दफा २बमोजिम मदरसा बोर्ड गठम गरिएको पालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिनुभयो।

गाँउपालिकाद्वारा गठित मदरसा बोर्ड समितिको अध्यक्ष यासीन आलम रहेका छन भने समितिका अन्य सदस्यमा शेर महम्मद अली,साजेमन शेख,जमीरुल इस्लाम,एनुल हक,नसीमा सुल्ताना र सरबारा खातून लाई बोर्डमा मनोनयन भएका छन ।

प्रकाशित मिति: २०२४-०९-१३ , समय : १५:३८:५२ , ३ महिना अगाडि

error: Content is protected !!