झापा एक्सप्रेस , ३७२५ पटक हेरिएको
कुरान,बाइबल ,गीता ,सबै धर्मको एउटा सार -मानव बेचबिखन अपराध
झापा – मानब बेचबिखनलाई सबै धर्मले अपराध मानेका छन् .हिन्दु,मुस्लिम र क्रिश्चियन सबै धर्मका ग्रन्थहरु गीता ,बाइबल र कुरानमा मानब बेचबिखनलाई अपराध मानेको धर्मगरुहरुले बताएका छन् .
मिसियो जर्मनी र झापा गाउँपालिकाको आर्थिक सहयोगमा कारितास नेपालले आयोजना गरेको कार्यक्रममा हिन्दु,मुस्लिम र क्रिश्चियन धर्मका धर्मगुरुहरुले यस्तो बताएको हुन् .झापा गाउँपालिकामा कारितास नेपालले मिसियो जर्मनी र झापा गाउँपालिकाको आर्थिक सहयोगमा बैदेशिक रोजगार प्रबधन तथा मानब बेचबिखन बिरुदको परियोजना अन्तरगत बिगत दुइ वर्ष देखी काम गरिरहेको छ .
कार्यक्रममा हिन्दु समुदायबाट डाक्टर पुण्यप्रसाद सिग्देलले गीतामा सारा विश्वलाई बन्दुत्व र भाइचाराका हिसाबले हेर्नु भनेर लेखेको बताउनुभयो .उहाँले मानब बेचबिखनलाई धर्ममै अपराध मानेको बताउनु भयो .
त्यस्तै कार्यक्रममा मुस्लिम समुदायबाट डाक्टर सलिम अन्सारीले कुरान र क्रिश्चियन समुदायबाट पास्टर जगन्नाथ पौडेलले बाइबलमा पनी मानब बेचबिखनलाई धर्ममै अपराध मानेको बताउनु भयो .
झापा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष हिमाल चम्लागाईको अध्यक्षतामा भएको कार्यक्रममा झापा गाउँपालिका कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता रहेको थियो .
प्रमुख अतिथी थपलियाले झापा गाउँपालिकामा कारितास नेपालसँग साझेदारी गरेर बैदेशिक रोजगार प्रबधन तथा मानब बेचबिखन बिरुदको परियोजना अन्तरगत धेरै तालिमहरु सम्पन्न भएको बताउनु भयो .
कारितास नेपालका बरिस्ट सामाजिक परिचालक बिबेक सिवाकोटीले संचालन गरेको कार्यक्रमको स्वागत हिमालयन अधिकारीले गर्नु भएको थियो .कार्यक्रममा वडाध्यक्षहरु सखिचंद्र ठाकुर ,सुबासलाल गणेश ,कारितास नेपालका प्रादेशिक प्रमुख शंखर कुमार पौडेल ,सामाजिक व्याक्ती जयनारायण शाह लगायतले मन्तब्य राख्नुभएको थियो .
प्रकाशित मिति: २०२४-०९-१८ , समय : २०:४९:३४ , ३ महिना अगाडि