झापा एक्सप्रेस , ३७०८ पटक हेरिएको
झापा – उराँव समुदायले करम पूजाको पर्व मनाएका छन् । उराँव जातिले भाद्र पूर्णिमाको दिन चाडका रुपमा करम पूजाको आयोजना गर्ने गर्छन् ।
उराँव समुदायले पूजापाठ सहित जमरा लगाएर शुभकामना साटासाट गरेर यो पर्व मनाउने गर्छन। करम पूजा गर्नाले चिताएको पुग्ने, परिवारमा शुख शान्ति मिल्ने, श्रीवृद्धि र अकाल मृत्यु टर्छ भन्ने जनविश्वास रहेको छ ।
उराँव समुदायले आफ्नो जातिलाई प्रकृति पुजकका रुपमा लिने गर्छन् । उनीहरुले करम पूजालाई महत्वपूर्ण चाडका रुपमा मनाउने गर्छन् ।
कोशी प्रदेश सरकारले उराँव समुदायको करम पूजाको पर्वका दिन आज (बुधबार) सार्वजनिक विदा समेत दिएको छ । कोशी सरकारले उराँव समुदायलाई मात्र बिदा दिएको हो ।
प्रकाशित मिति: २०२४-०९-१८ , समय : २०:०३:३७ , ३ महिना अगाडि