झापा एक्सप्रेस , ७८४३ पटक हेरिएको
झापाको झापा गाउँपालिका – ३ फुलगाछीमा जारी खुल्ला वडाध्यक्ष टी– १० क्रिकेट प्रतियोगितामा महमारी क्रिकेट क्लब भारत विजयी बनेको छ । महमारीले चकचकीलाई ३२ रनले पराजित गर्दै उपाधी चुमेको हो । टस जितेर ब्याटिंग रोजेको महमारीले चकचकीलाई ११४ रनको लक्ष्य दिएको थियो ।उत्कृष्ट खेलका बाबजुत पनी चकचकीले लक्ष्य पछ्याउँन नसक्दा महमारी उपाधीले उपाधी चुमेको हो ।
विजेता टिम महमारीले नगद २१ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।उप – विजेता बनेको चकचकीले नगद १५ हजारमा चित्त बुझाएको छ ।प्रतियोगितामा बिजेता र उपबिजेता टिमलाई वडा नम्बर ३ का वडाध्यक्ष सुबासलाल गणेश लगायतले पुरस्कार वितरण गर्नुभयो ।प्रतियोगितामा म्यान अफ द सिरिन्ज चकचकीका बिट्टू घोसित हुनुभयो । प्रतियोगितामा बेस्ट बलर ब्रोदर्स क्रिकेट क्लब मदरगाछका अंकित दास र बेस्ट ब्याट्स मेन महमारीका दिपक सहनी घोसित भए ।उनीहरुले नगद एक हजार सहित ट्रफी पाए ।
रानी सामुदायीक बनको खेलमैदानमा आजै फाइनल खेल हुनु अघी क्वाटर फाइनलका दुई खेल र सेमी फाइनलका दुई खेल भएका थिए । क्वाटर फाइनलको खेलमा ब्रोदर्स क्रिकेट क्लब मदरगाछले चर्तागाछीलाई ४ विकेटले हराउदै सेमी फाइनलको यात्रा तय गरेको थियो ।त्यस्तै चकचकीले पन्थापाडालाई ८ विकेटले हराउदै सेमी फाइनलको यात्रा तय गरेको थियो ।
त्यस्तै आजै भएको पहिलो सेमीफाइनल खेलमा महमारीले ब्रोदर्स क्रिकेट क्लब मदरगाछलाई ५ विकेटले पराजित गर्दै अन्तिम दुइमा स्थान पक्का गरेको थियो।त्यस्तै दोस्रो सेमिफाइनल खेलमा चकचकीले राजागढ़ क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै अन्तिम दुइमा स्थान पक्का गरेको थियो।
कुमार राइले संचालन गरेको समापन कार्यक्रममा झापा गाउँपालिका कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगीता प्रथम पुरस्कार हाल इजरायलमा कार्यरत विश्व खरेलले प्रायोजन गर्नु भएको हो ।त्यस्तै दोस्रो पुरस्कार हाल काठमान्डुमा कार्यरत नितेश श्रेष्ठले प्रायोजन गर्नुभएको आयोजक समितिका अध्यक्ष मोहन मण्डलले बताउनु भयो ।त्यस्तै बेस्ट ब्याट्समेन र बेस्ट बलरलाई पुरस्कार र खेललाई सहयोग धिरेन्द्र गणेशले समेत गर्नुभएको छ ।प्रतियोगीता संचालनमा बैदेशिक रोजगारमा कार्यरत जितबहादुर खड्का ,मोहन गणेश र जोगेन्द्र गणेश सहित स्थानीय खेलप्रेमी साथै वडा नम्बर ३ को समेत आर्थिक सहयोग रहेको आयोजकले जनाएको छ । असोज ३ गते देखी संचालन भएको प्रतियोगीता आज असोज ५ गते समापन भएको हो ।
झापा गाउँपालिकालाई क्रिकेट क्षेत्रमा समेत अघी बढाउँन यस्ता प्रतियोगीता संचालन गरिएको आयोजक समितिका सुरज साहले बताउनु भयो ।
प्रकाशित मिति: २०२४-०९-२१ , समय : २१:०४:५३ , ३ महिना अगाडि