झापा एक्सप्रेस , ५६६७ पटक हेरिएको
बिर्तामोड । झापाको दमकमा सिटी सफारी चार्ज गर्ने क्रममा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका वडा नम्बर ८ निवासी २६ वर्षीय कमल बुर्जा मगरको मृत्यु भएको हो ।
मङ्गलबार बिहान ९:३० बजे इलाम माई नगरपालिका ५ स्थायी घर भई दमक ८ बस्ने २६ वर्षीय मगरलाई सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत सट भई करेण्ट लागेर गम्भीर घाईते भएका थिए ।
उनको दमक अस्पताल सामान्य उपचार पश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा अस्पताल पुर्याउनका ११:२३ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति: २०२४-०९-२४ , समय : १७:४१:५० , ३ महिना अगाडि