झापा गाउँपालिकामा साइकल चोरको बिगबिगी

झापा एक्सप्रेस , ३४४२  पटक हेरिएको

झापा एक्सप्रेस – बुधबार दिउँसोको १२ बजेको हुँदो हो .झापाको झापा गाउँपालिका-३ निवासी लक्ष्मी प्रसाद उप्रेती झापा गाउँपालिकाको कार्यालय जानुभयो .साईकलमा जानुभएको उहाँले साइकल कार्यालयकै आडमै राख्नुभयो र कार्यालय भित्र पस्नुभयो .बाहिर निस्किदा उहाँको साइकल थिएन .कार्यालय अगाडीनै राखेको साइकल दिनदहाडै गायब भएको छ .

गाउँपालिकाको सीसीटीभी फुटेज हेरियो .हुलिया प्रस्ट भएन .प्रहरीले साइकल लाने ब्याक्तीको खोजतलास तिब्र बनाएको जनाएको छ .

यो त प्रतिनिधी घटना मात्र हो .झापा गाउँपालिकामा बिगतका दिनदेखी चोरको बिगबिगी छ .प्रहरी प्रसासनलाई नै खिल्ली उडाउदै चोरी मौलाइरहेको छ .प्रहरीमा चोरीका घटनाको कुनै रिपोर्ट नआएको भन्दै प्रहरीले चोरी नियन्त्रणमा कुनै कदम चाल्न नसकेको बताउँछ .”हामी सँग साइकल हराएको कुनै उजुरी आएको छैन,उजुरी नआइ त् हामीले पनी त केही गर्न सक्दैनौ “एक प्रहरी अधिकारीले भने “हिजो एक साइकल हराएको र आज एक मोटरसाइकल हराएको खबर चाँही आयो,हामी अनुसन्धान गरिरहेका छौ” .यता स्थानीय भने चोर देखी आजित बनेका छन् .जता गए नी साइकल कही राख्ने स्थिती छैन .चोरी भैहाल्छ .दिनदहाडै साईकल र रातीको समयमा मोटरसाइकल चोरी भैरहेका छन् ।

बिगत केही समय यता मात्र झापा -३ कामाटोलीबाट ६ वटा साइकल बेपत्ता बनेका छन् .गए राती भर्खरै मोटरसाइकल चोरीका घटना समेत बाहिर आएका छन।यता झापा -६ शरणामतीमा मंगलबार मात्र एउटा साइकल सब्जी किन्न गएकै ठाउँबाट चोरी भएको सुजन सोरेनले बताउनुभयो .

यसरी दिनदहाडै चोरीका घटना हुन थालेपछी स्थानीयहरू त्रसित बन्न थालेका छन् .आज साइकल,मोटरसाइकल चोरी हुदैछ भोली अन्य ठुला सामाननै चोरी हुने होकी भन्ने भयले सताएको छ .

प्रकाशित मिति: २०२४-०९-२६ , समय : १७:३६:४४ , ३ दिन अगाडि