झापामा बाढीले पुलमा क्षति, आवागमन बन्द

झापा एक्सप्रेस , ५९  पटक हेरिएको

अविरल वर्षापछि खोलामा आएको बाढीले झापाको बिरीङ्ग नदीको पुलमा क्षति पुर्‍याएको छ । बाढीले झापा गाउँपालिकाको बिरिङ नदीको पुलमा क्षति पुर्‍याएको हो ।

शुक्रबार साँझ साढे ७ बजे वर्षाको कारणले झापा गाउँपालिका ५ पान्थापाडास्थिति बिरिङ नदीमा आएको बाढीले हुलाकी राजमार्ग जोड्ने पक्की पुलमा क्षति पुर्‍याएको छ । बाढीले पुलको पश्चिम साइटको १० मिटर जति भाग कटान गरी क्षति पुर्‍याएको हो ।

पूर्णरुपमा तटबन्ध नहुँदा बिरिंग नदीको पानी पसेर तटबन्ध नागेर पुल नजिकै कटान भएको स्थानीयले बताए .

शुक्रबार बेलुका ६ बजे तिर पानीले तटबन्ध नाघ्ने अवस्थामा थियो .त्यसबेलानै केही गर्न सकेको भए कटान रोक्न सकिन्थ्यो स्थानीय सायद अलिले भन्नुभयो .

बाह्रदशी राजगढ़ हुदै चंद्रगढ़ी सदरमुकाम जान अब असहज भएको स्थानीय जयनारायण गणेश बताउँनुहुन्छ .

हाल हुलाकी राजमार्ग अवरुद्ध बनेको छ । ११ वर्षपछि बनेको बिरिङ पुलमा बाढीले क्षति पुर्‍याएपछि फेरि त्यहाँका स्थानीय निराश बनेका छन् । उनीहरूले छिटो भन्दा छिटो पुल सुचारु गराउन माग गरेका छन् ।

प्रकाशित मिति: २०२४-०९-२९ , समय : १९:२३:३९ , २६ मिनेट अगाडि