लागुऔषध नियन्त्रण सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न

झापा एक्सप्रेस , १२१५०  पटक हेरिएको

झापा -जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा झापा गाउँपालिकामा लागुऔषध नियन्त्रण सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।झापा गाउँपालिकाको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाको अध्यक्षतमा भएको कार्यक्रममा सहजकर्ता इन्द्रप्रसाद ओलीले लागुऔषध नियन्त्रण गर्ने उपायहरु बताउनु भएको थियो।उहाँले यस्तो दुर्व्यसनमा फस्ने कारण बताउँदै नेपालमा अहिले लागुऔषधको प्रयोग बढ्दै गइरहेको बताउनु भयो।

´लागुऔषध प्रयोगमा सबै भन्दा बढी साथीसंगीको कारण लाग्ने गरेका छन् ।अभिभावकले आफ्ना बच्चालाई राम्रो संस्कार दिए लागूऔषधको प्रयोग बढ्दैन` ओलीले कार्यक्रममा भन्नुभयो।लागुऔषधको प्रयोग चुरोटदेखी सुरु हुने हुनाले आफ्ना बच्चालाई चुरोट,गुट्खादेखि टाढै राख्न आवश्यक रहेको ओलीको भनाइ छ।

कार्यक्रममा झापा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाले झापा गाउँपालिकाले लागुऔषध नियन्त्रणमा उचित कदम चाल्ने प्रतिवद्वता व्यक्त गर्नुभयो।

कार्यक्रममा जिप्रकाका प्रमुख जिल्ला अधिकारी बास्तोलाले झापामा लागुऔषधको प्रयोग बढ्दै गइरहेकोले यसलाई रोकथाम गर्न सबै लाग्नु पर्नेमा जोड दिनु भयो।

कार्यक्रममा झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया,जनप्रतिनिधिहरु,प्रधानाध्यपकहरु साथै समाजका अगुवाहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२४-१०-०१ , समय : ०८:४४:५९ , ४ दिन अगाडि