शब्दपत्र डटकम चौथो बर्षमा

झापा एक्सप्रेस , ७९१९  पटक हेरिएको

लक्ष्मीपुर , १७ असोज – झापाको बिर्तामोडबाट सञ्चालित डिजिटल मिडिया शब्दपत्र डटकम चौथो बर्ष प्रवेश गरेको छ । शब्दपत्र प्रकाश प्रा.लि. द्धारा सञ्चालित शब्दपत्र आज (बिहीवार) बाट चौथो बर्ष प्रवेश गरेको हो ।

गत २०७८ साउन पहिलो साताबाट सञ्चालनमा आएको शब्दपत्रको औपचारिक उद्घाटन असोज २१ गते बिहीवारका दिन पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए । प्रालिका सम्पादक तथा प्रवन्ध निर्देशक पत्रकार उद्धव पुरीले सञ्चालन गरेको शब्दपत्र डटकम डिजिटल मिडियाले सफलता पूर्वक चौथो बर्ष प्रवेश गरेको छ ।

सम्पादक पुरीले सवैको साथ सहयोगकै कारण छोटो समयमा एउटा लोकप्रिय मिडियाको रुपमा झापामा स्थापित भएको अनलाइन न्युज पोर्टल शब्दपत्र डटकम भएको बताए । अनलाइनको सञ्चालकका रुपमा बालकृष्ण गिरी, उमेश भारती, पार्वता गिरी, तारा दुलाल र अर्जुन गिरी रहेका छन् । अनलाइनको सम्पादकका रुपमा शर्मिला पुरी भारती रहेकी छिन् ।

शब्दपत्रले चौथो बर्ष प्रवेशको अवसरमा आज बिर्तामोड २ चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा चौथो स्थापना दिवस तथा आउँदै गरेको बडादशैंको शुभकामना आदान–प्रदान कार्यक्रमकोसमेत आयोजना गरेको छ ।

प्रकाशित मिति: २०२४-१०-०३ , समय : ०७:५१:२९ , २ दिन अगाडि