भिआरसी भीम बहादुर देवान स्मृति फुटबलमा डिएफसी र लभ्ली युथ क्लब विजयी

झापा एक्सप्रेस , २८२९  पटक हेरिएको

माईजोगमाई ४ मा ज्योती स्पोर्टिङ क्लबको आयोजनामा जारी भिआरसी भिम बहादुर देवान स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज पनि दुई खेलहरु सम्पन्न भएको छ । पानी परेर केही ढिला सुरु भएको पहिलो खेल देवान फुटबल क्लब र प्याङ फुटबल क्लब बिच भएको थियो । दुवै टिमले निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेपछी ट्राईबेकरमा देवान फुटबल क्लबले प्याङ्ग फुटबल क्लबलाई ६/५ गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै आजै भएको दोस्रो खेलमा लभ्ली युथ क्लब माईजोगमाई २ ले युवाशक्ती फुटबल क्लब माईजोगमाई ३ लाई ५/० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ १ गोल गरेको लभ्लिले दोस्रो हाफमा ४ गोल गर्यो । रियान लाप्चा , विशाल राई र दिवश लिम्बुले १/१ गोल गरे भने दर्पण राईले २ गोल गरे । भोलि पनि दुई खेलहरु हुनेछन पहिलो खेल माईबेनी फुटबल क्लब र न्यु स्टार फुटबल क्लब बिच हुनेछ भने दोस्रो खेल पूर्व क्षितिज सोयाङ र करफोक फुटबल क्लब बिच हुनेछ ।

स्वर्गीय भीम बहादुर देवानको स्मृति खुल्ला नकआउट फुटबलको फाइनल असोज २४ गते हुनेछ । फाइनल जित्ने टिमले नगद रु सत्तरी हजार , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद रु पचास हजार , ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-१०-०४ , समय : २०:४४:३३ , ६ घन्टा अगाडि